Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महासचिव पदका लागि तयार छु : देव गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २१ २०७८
  • 4.2K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पार्टीको महासचिवका लागि आफू तयार रहेको बताएका छन् ।

बुधबार जन न्यूज नेपाल खबरसँगको कुराकानीमा उनले महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको नाममा सहमति नभएमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो व्यक्तिको खोजी गर्ने बताए । तेस्रो व्यक्तिको खोजी गर्दा आफूलाई जिम्मेवारी दिएमा तयार रहेको उनको भनाइ छ ।

उहाँहरु दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कम्रेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ । …लिडरसीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाइनास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन’ उनले भने ।

नेता गुरुङले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए । ‘…थोरै गृहकार्य गर्ने क्रममा थोरै लेट भइरहेको अवस्था छ । सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्छ भन्ने क्रममा लेट भएको हुनुपर्छ’ उनले भने ।

नेता वर्षमान पुन उपचारका क्रममा चीनमा रहेको उनले आफू नफर्किँदासम्म पदाधिकारी चयन नगर्न आग्रह गरेकाले पर्र्खिएको बताए । वर्षमानजी उपचारमा नै रहनुभएकोले उहाँले म नफर्कंदासम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबीविरोध रहन्छ, भन्ने प्रकारको कुरा रहेकोले सायद अलिकति वेटिङ सीको रुपमा गएको हुनसक्छ’ नेता गुरुङले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४