Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धन गरेर चुनावमा एमालेलाई एक सिट पनि जित्न दिँदैनौँ : सहमहामन्त्री यादव


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २१ २०७८
  • 2.9K
    SHARES

काठमडौं । नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले आगामी चुनावमा गठबन्धन गरेर नेकपा एमालेलाई एक सिट पनि जित्न नदिने दावी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम गरेर एमालेलाई चुनाव जित्न नदिने उनको तर्क छ । 

बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौँ ।

उनले पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको पनि सुनाए । उनले पार्टी सभापति देउवा नेपालभित्र र काँग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा, सबभन्दा बढि अभ्यास गराउने नेतामा गनिएको तर्क गरे । 

उनले १४औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा भाग नै नलिएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेको र दोस्रो वरियतामा राखेको बताए । उनले भने,‘प्रकाशमानजी, विमलेन्द्र निधिलाई केन्द्रीय समितिमा मनोनित गर्नुभयो । कृष्णप्रसाद सिटौलालाई पनि मनोनति गर्नुभयो । अहिलेसम्म १३ जनाको मनोनित भएको छ । यो मनोनित कुनै गुटको होईन । वरिष्ठ नेता भनेको भोट ल्याएर हुँदैन, पार्टीमा त्याग र तपस्या गरेको नेता भनेको रामचन्द्र पौडेल नै हो । 

शेरबहादुर देउवापछि पौडेल नै वरिष्ठ नेता हो ।  बरिष्ठ नेता कार्यकर्ताको मनले मानेको हुनुपर्छ । पार्टीलाई योगदान गरेको नेता हुनुपर्छ । अहिले सबै कार्यकर्ताको मनमा देउवापछि पौडेल नै हुनुहुन्छ । अहिले देउवाले सम्मान व्यक्त गर्नुभयो ।’ उनले सभापति देउवाले कसैलाई पनि गुटगत व्यवहार नदेखाएको समेत स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४