Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमण दर बढेपछि दिल्लीमा सातामा २ दिन कर्फ्यु, बिहारमा पनि नयाँ प्रतिबन्ध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २१ २०७८
  • 8.7K
    SHARES

 काठमाडौं । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र आइतबार कर्फ्यु जारी गरिएको जानकारी दिएका हुन् ।

यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोनाबाट संक्रमित छन् ।

उपमुख्यमन्त्री सिसोदियाले पत्रकार सम्मेलन गर्दै अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन आग्रह गरे । उनले सबै सरकारी अधिकारीहरुले घरबाटै काम गर्ने बताए । निजी संस्थाहरुले पनि ५० प्रतिशत कर्मचारीहरुले घरबाट काम गर्नुपर्ने बताए ।

भारतमा राजधानी दिल्ली, महाराष्ट्रको राजधानी मुम्बईमा पावन्दीका बीच पनि कोरोना संक्रमण दर बढ्ने क्रम जारी छ ।

  • बिहारमा पनि नयाँ प्रतिबन्ध

संक्रमण बढेपछि नेपालसँग सीमा जोडिएको बिहारमा पनि नयाँ प्रतिबन्ध जारी गरिएको छ । राज्यभरका प्री-स्कूल र कक्षा एकदेखि कक्षा आठसम्म अनलाइनमार्फत् पढाइने छ ।

यसैगरी कक्षा नौदेखि १२ सम्मका ५० प्रतिशतको उपस्थितिमा मात्रै पढाइ हुने छ ।

सिनेमा हलहरु ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाइने छ भने बिहेमा पनि सहभागी हुनेहरुका लागि निश्चित संख्या तोकिएको छ ।

नयाँ नियमहरु ६ जनवरी (बिहीबार)देखि लागू हुने र २१ जनवरीसम्म जारी रहने छ ।

  • एम्स अस्पतालको बिदा रद्द

संक्रमण दर बढेपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल)ले आफ्ना कर्मचारीहरुलाई दिइएको जाडो बिदा रद्द गरेको छ । सोमबार एक सूचना जारी गरी बिदामा बसेकाहरुलाई अस्पतालमा फर्किन भनेको छ । सूचनामा भनिएको छ, ‘कोभिड १९ र ओमिक्रोनको संक्रमण बढेकाले ५ देखि १० जनवरीसम्म दिइएको जाडो बिदा रद्द गर्ने निर्णय गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४