काठमाडौं । नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरु र सरकारबीच सहमति जुटेको छ ।
गृह मन्त्रालयमा मंगलबार भएको वार्तामा सहमति जुटेको र केहीबेरमा माइतीघरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने आन्दोलनरत पक्षको नेतृत्व गरेकी अधिकारकर्मी रुबी खानले जानकारी दिइन् ।
