Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सजिलै छुट्ने आशामा काठमाडौं आउन थाले सुनकाण्डका आरोपी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २० २०७८
  • 3.1K
    SHARES

इन्टरपोलले फिर्ता ल्याउन नसकेका गोरेका भाइ आफैं नेपाल आए

काठमाडौं । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या सम्बन्धी मुद्दामा फरार रहेका आरोपी धमाधम काठमाडौं आउन थालेका छन् । साढे ३३ किलो सुनका मालिम मोहनकुमार अग्रवाल समेत धरौटीमा छुटेपछि फरार रहेका अन्य आरोपी पनि काठमाडौं आउन थालेका हुन् ।

मंगलबार यो प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती पनि काठमाडौं आएका छन् । उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले  जन न्युज नेपाल खबरलाई बताए ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले पनि उप्रेतीविरुद्ध नेट नोटिस जारी गरेको थियो । तर उनलाई काठमाडौं ल्याउन सकेको थिएन । एक अनुसन्धान अधिकृत भन्छन्, ‘अहिले सुन प्रकरणका सबै आरोपी छुट्न थालेपछि उनी आफैं काठमाडौं आएका छन् ।’

प्रहरीले उनलाई जिल्ला अदालत, मोरङमा बुझाउनेछ । गोरेले ल्याउने सुनमा रमेशको पनि लगानी हुने गरेको थियो । रमेशसँगै गोरेकी पत्नी नर्वदा खरेल २०६९ सालदेखि सुन तस्करीको गिरोहमा संलग्न भएको उच्चस्तरीय छानविन समितिको निष्कर्ष थियो ।

तस्कर समूहका भरिया सनम शाक्य १८ फागुन २०७४ मा मारिएलगत्तै गोरेले भाइ रमेश र उनकी पत्नी नर्वदालाई फोन गरेर जानकारी गराएका थिए । त्यसपछि ‘घटनालाई मिलाउने’ काममा पनि उनी संलग्न भएका थिए ।

  • साढे ३३ किलो सुनका मालिक, जो गुपचुप छुटे

भरिया शाक्यको उर्लाबारी–१, मोरङमा करेन्ट लगाएर हत्यापछि सुरु भएको अनुसन्धानले सुन तस्करीको ठूलो र्‍याकेटसम्म डोर्‍याएपछि सरकारले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्च स्तरीय छानविन समिति बनाएको थियो ।

समितिले गरेको अनुसन्धानका क्रममा एउटै समूहले चार वर्षको अवधिमा नेपालमा झण्डै ३८ क्वीन्टल सुन भित्र्याएको खुलेको थियो । यसमा विमानस्थलका कर्मचारी, प्रहरीदेखि व्यवसायीसम्मको मिलेमतो देखिएको थियो ।

तर जिल्ला अदालत, मोरङले ‘सुन बरामद नभएको’ भन्दै ५६ जनालाई सफाइ दिइसकेको छ । गोरेसहित सनम शाक्यको हत्यामा संलग्नलाई चाहिँ जन्मकैदको सजाय फैसला भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४