राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनका क्रममा पनि सभापति देउवाले डा. शेखरको साटो रामचन्द्र पौडेलसँग परामर्श गरेका थिए । ‘व्यक्तिको सन्दर्भमा हामीले प्रश्न गरेका होइनौं, तर जुन प्रक्रिया अपनाइयो, त्यसमा म सन्तुष्ट छैन,’ शेखर समूहमा रहेका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले भने, ‘हामीले भागवण्डा होइन, साझेदारी खोजेका हौं ।’
तर सभापति देउवा एक्लै जान खोजेकाले शुभ संकेत नदेखिएको नेता केसीले बताए । उनले अघि भने, ‘अहिले पनि हामी सभापतिलाई सहयोग गर्न चाहन्छौं, तर नेतृत्वले सहयोग लिन जान्नुपर्छ ।’ उनका अनुसार १४ औं महाधिवेशनमा डा. शेखरको समूहबाट उम्मेदवार भएकाहरुको बैठक बुधबार दिउँसो २ बजे बोलाइएको छ ।
