Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकाका जेष्ठ नागरिकले आज बुस्टर डोज लगाउन पाएनन्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २० २०७८
  • 1.7K
    SHARES

काठमाडौं । कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउने आशामा मंगलबार बिहान १० बजे नै जेष्ठ नागरिक तथा दीर्घरोगीहरु निजामति अस्पतालको प्राङ्गणमा भेला भइसकेका थिए । खोप उपलब्ध नभएको भन्दै उनीहरुलाई अस्पतालले बुस्टर डोज नलगाइ फर्काइदियो । जसका कारण बुस्टर डोज लगाउने आशामा अस्पताल पुगेका उनीहरुको चाहना एकाएक निराशामा परिणत हुन पुग्यो ।

‘सोमबार सञ्चारमाध्यमबाट बुस्टर डोज खोप पाइने जानकारी पाएर लगाउन आएको थिएँ । तर, अस्पतालमा खोप नै आइपुगेको रहेन छ’ निजामति अस्पतालको प्रांगणमा बुस्टर डोज खोप पुगेका एक जेष्ठ नागरिकले गुनासो गरे ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई मगंलबारदेखि बुस्टर डोज खोप दिने निर्णय गरेको थियो । निजामति अस्पतालका निर्देशक डा. अनुज रायमाझीले बुस्टर डोज खोप लगाउन आएका जेष्ठ नागरिक फर्किरहेको बताउँछन् ।

‘हामीले ठाउँ मात्रै उपलब्ध गराउने हो । स्वास्थ्य कार्यलयबाट खोप ल्याएर दिनुहुन्छ,’ डा. रायमाझीले भने, ‘बुस्टर डोज खोप लगाउन आएका जेष्ठ नागरिक तथा दीर्घरोगी फर्किरहेका छन् ।’ स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख शम्भु काफ्ले मन्त्रालयबाट ढिलो परिपत्र भएका कारण आजैदेखि बुस्टर डोज खोप सञ्चालन गर्न नसकिएको बताए ।

‘हामीलाई आज बिहान मात्रै मन्त्रालयबाट अतिरिक्त खोप दिने परिपत्र पायौं,’ काफ्ले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘ काठमाडौं, ललितपुर तथा भक्तपुरमा भोलि (बुधबार)देखि बुस्टर डोज खोप लगाउने सल्लाह भएको छ ।

मन्त्रालयका अधिकारीहरु भने समवन्यको अभावमा यस्तो समस्या भएको बताउँछन् । ‘आजबाट सञ्चालन गर्ने भएको भए केही दिन अगाडि नै मन्त्रालयले तल रहेका निकायलाई परिपत्र गर्नुपर्थ्यो । तर, बिहान परिपत्र गरेर कसरी सञ्चालन गर्न सकिन्छ’ ती अधिकारी भन्छन् ।

मंगलबार दिउँसो खोप समवन्य तथा अनुगनम समितिको बैठकको निर्णय पछि मात्रै खोप केन्द्रहरुलाई बुधबार अतिरिक्त खोप दिन निर्देशन दिइने काफ्ले जानकारी दिए।

तर, विभाग अन्तर्गतका परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहाल सबै निकायमा परिपत्र भएको जानकारी दिए ।

‘काठमाडौं उपत्यकामा बुस्टर डोज खोप शुरु नभएको जानकारी पाएको छु । त्यस बिषयमा फ्लोअप हुन्छ’ दाहाल भने । मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले बुस्टर डोज खोप लगाउन पाउने छन् ।

मन्त्रालयका अनुसार बुस्टर डोज खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४