Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दिल्लीमा ८४ प्रतिशत नमूना परीक्षणमा ओमिक्रोन देखियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १९ २०७८
  • 2.1K
    SHARES

भारतको दिल्लीमा गरिएका नमूना परीक्षणमध्ये ८४ प्रतिशतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । जीन सिक्वेन्सिङका लागि डिसेम्बर ३० र ३१ गते गरिएको परीक्षणमध्ये ८४ प्रतिशत नमूनामा ओमिक्रोन भेरियन्ट फेला परेको दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले बताएका हुन् ।

काठमाडौं । भारतको दिल्लीमा गरिएका नमूना परीक्षणमध्ये ८४ प्रतिशतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ ।

जीन सिक्वेन्सिङका लागि डिसेम्बर ३० र ३१ गते गरिएको परीक्षणमध्ये ८४ प्रतिशत नमूनामा ओमिक्रोन भेरियन्ट फेला परेको दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले बताएका हुन् । तर शहरमा कोभिडका संक्रमित बढिरहेका बेला राज्यद्वारा सञ्चालित अस्पताल र क्लिनिकमा स्वास्थ्यकर्मीको कुनै अभाव नभएको पनि जैनको भनाइ छ ।

सोमबार अबेर सार्वजनिक गरिने दिल्लीको स्वास्थ्य बुलेटिन अनुसार पछिल्लो २४ घण्टामा झण्डै ४ हजार नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै, दिल्लीमा पोजिटिभिजी रेट बढेर ६.५ प्रतिशत पुगेको छ । त्यहाँ आइतबार ३ हजार १९५ जना नयाँ संक्रमित थपिएका थिए भने पोजिटिभिटी रेट (संक्रमण दर) ४. ५९ थियो । पछिल्लो २४ घण्टामा भारतमा ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा तीव्र गतिमा फैलिइरहेको नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या १७ सय १० पुगेको छ । हालसम्म २३ राज्यमा फेला परेको ओमिक्रोनबाट महाराष्ट्र, दिल्ली र केरल सबैभन्दा बढी प्रभावित बनेका छन् ।

ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा छन् । त्यहाँ सोमबारसम्म ५१० जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

ओमिक्रोनका संक्रमित धेरै रहेको सूचीमा दोस्रो स्थानमा रहेको दिल्लीमा आजसम्म ३५१ जनामा यो भेरियन्ट पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
त्यस्तै, केरलामा १५६, गुजरातमा १३५, तमिलनाडुमा १२१ र राजस्थानमा १२० जनामा ओमिक्रोन देखा परिसकेको छ । कर्नाटकमा सोमबार थप १० जनामा ओमिक्रोन देखिएसँगै कुल संक्रमितको संख्या ७६ पुगेको छ ।

ओमिक्रोन फैलिएका अन्य भारतीय राज्यमा हरियाणा (६३), ओडिसा (३७), पश्चिम बंगाल (२०), आन्ध्र प्रदेश (१७), मध्य प्रदेश (९), उत्तर प्रदेश (८), उत्तराखण्ड (८), चन्डीगढ (३), जम्मू-कश्मीर (३) र अन्डामान एण्ड निकोबार टापू (२) रहेका छन् । हालसम्म गोवा, हिमाचल प्रदेश, लद्दाख, मनिपुर र पञ्जाबमा १-१ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको द मिन्टले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४