Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको महासचिवको दौडमा देव गुरुङको इन्ट्री


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १९ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरेको छ । अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिने अर्को नेता आएको छैन । तर अध्यक्षपछिको कार्यकारी पद महासचिव को बन्ने भन्ने अन्यौल हटेको छैन ।

नेताहरुका अनुसार महासचिवमा बलियो दावेदार मानिएका वर्षमान पुन र जर्नादन शर्माको सम्भावना कमजोर बनेको छ । दुबै नेताको तलसम्म गुट भएको र एकले अर्कालाई स्वीकार नगर्ने अवस्था देखिएको भन्दै प्रचण्डले तेस्रो विकल्पमा जान सक्ने संकेत गरेका छन् । पुन र शर्माबाहेक महासचिवमा पम्फा भुसालको दाबी थियो ।

महाधिवेशन सकिने क्रममा एकाएक महासचिवमा शक्ति बस्नेतको नाम चर्चामा आयो । यसअघि पुन र शर्माको हानथाप हुँदा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रचण्डले बस्नेतलाई गृहमन्त्री बनाएका थिए । केन्द्रीय सदस्यहरुको चयनका क्रममा बस्नेतको दौडधुप पनि देखिएको थियो ।

तर अब महासचिवमा देव गुरुङको सम्भावना बढी देखिएको माओवादी उच्च स्रोतको दाबी छ । ‘सिनियर र जनजाति पनि भएकाले गुरुङजी महासचिव हुने सम्भावना छ’ एक नेता भन्छन्, ‘तर अहिले यसै हुन्छ भन्न गाह्रो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४