Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१६ वर्ष पुग्नुभयो ? मतदाता सूचीमा नाम चढाउनोस्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १९ २०७८
  • 4K
    SHARES

निर्वाचन आयोगले यतिबेला देशैभरि नयाँ मतदाता नामावली संकलन गरिरहेको छ । देशभरका निर्वाचन कार्यालयमा मतदाता सूचीमा नाम चढाउनेहरुको भीड लागेको छ । अहिलेसम्म करिब साढे ७ लाख नयाँ मतदाता थपिइसकेका छन् । अझै थपिने क्रम जारी छ ।

संविधानतः चुनावमा भोट हाल्न पाउने उमेर भनेको १८ वर्ष हो । तर, निर्वाचन आयोगले १६ वर्ष पुगेका नेपाली नागरिकको नाम समेत सूचीकृत गरिरहेको छ । मतदाताका रुपमा सूचीकृत हुन १८ वर्षसम्म कुर्नु नपर्ने आयोगका अधिकारीहरु बताउँछन् । १६ वर्ष पुगेर नागरिकता बनाइसकेपछि मतदाताका रुपमा सूचीकृत हुन पाइने आयोगले जनाएको छ । त्यसरी नाम दर्ता गरेको व्यक्ति १८ वर्ष पुग्नासाथ भोटर लिस्टमा सफ्टवेयरबाटै नाम स्वतः चढ्ने  निर्वाचन  आयोगले सिस्टम बनाएको छ ।

निर्वाचन आयोगका एक अधिकारीले जन न्युज नेपाल खबरसँग भने, ‘७३ वटा इलाका प्रशासन कार्यालयमा पनि फोटो खिच्न आयोगले कर्मचारीहरु राखेको छ । ७७ जिल्ला निर्वाचन कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पनि आयोगले जनशक्ति राखेको छ, त्यहाँबाट १६ वर्ष पुगेको नागरिक सूचीकृत हुन पाउँछ ।

  • नागरिकता बनाउने बेलामै मतदाता सूचीमा नाम चढाइने

नागरिकता बनाउन किशोर–किशोरीहरु प्रशासन कार्यालयमा पुगेका बेलामा समेत मतदाताका रुपमा सूचीकृत गराउने व्यवस्था गरिएको आयोगको भनाइ छ ।

आयोगका अधिकारी भन्छन्, ‘१६ वर्षमा नागरिकता बनाएको व्यक्ति इलाका वा जिल्ला प्रशासन कार्यालयमा फेरि आउँदैन, त्यसैले नागरिकता बनाउन आएकै बेला सामातिहाल्ने र मतदाता सूचीमा सूचीकृत गराइहाल्ने । दुई वषपछि ऊ स्वतः मतदाताको नामावलीमा चढिहाल्छ । त्यसैगरी छोराछोरीको नागरिकता बनाउन बाबुआमा प्रशासन कार्यालयमा आएका बेलामा आमाबुबाको नामसमेत मतदाता नामावलीमा रहेनछ भने तिनलाई पनि मतदाता नामावलीमा नाम दर्ता गराइहाल्ने काम आयोगले गरिरहेको ती अधिकारीले जन न्युज नेपाल खबरलाई  जानकारी दिए ।

जो जहाँ छ त्यहीँबाट मतदाता नामावलीमा सूचीकृत हुन पाउने नीति आयोगले ल्याएको बताउँदै उनले भने, ‘जस्तै– धनकुटाको मान्छे काठमाडौंमा छ भने यहीँबाट मतदाता नामावली दर्ता गराउने र जिल्लामा पठाइदिने ।

  • चुनावको मिति घोषणा नहुञ्जेल नामावली संकलन जारी रहने 

यसैबीच स्थानीय जनप्रतिनिधिहरुको समायवघि आउँदो जेठ ५ गते सकिँदैछ । निर्वाचन आयोग नेपालले स्थानीय तहको चुनाव गराउन १२० दिन अवधि आवश्यक पर्ने जनाएको छ । यद्यपि सरकारले अहिलेसम्म स्थानीय तहको चुनावको मिति घोषणा गरेको छैन ।

गत पुस ९ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको चुनाव बैशाख १४ गतेका लागि तोक्न प्रस्ताव गरेका थिए । स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगावै चुनाव सम्पन्न गरिसक्नुपर्ने सरकारलाई आयोगको सुझाव छ । निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनाव गराउन चाहिने समयावधि भने घर्किन लागेको छ  । आउँदो वैशाख महिनामै चुनाव गराउने हो भने चुनावको मिति अबको एक–दुई दिनभित्रै घोषणा गरिसक्नुपर्छ ।

निर्वाचन आयोगले चुनाव गराउनका लागि १२० दिन आवश्यक पर्ने बताएको छ । स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिन अब करिब १३४ दिन बाँकी छ । तथापि १० दिनको अवधि राखेर मिति घोषणा गरिए आयोगले स्थानीय चुनाव गराउन सक्ने आयोगको भनाइ छ ।​

स्थानीय तह निर्वाचन ऐन, २०७३ को अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिदैँछ । संविधानको धारा २२५ बमोजिम जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्रै निर्वाचन गर्नुपर्ने व्यवस्था रहेकोमा कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै प्रष्ट कानुनी व्यवस्था छैन जसले गर्दा स्थानीय तहलाई भ्याकुममा राख्न नहुने आयोगका पदाधिकारी बताउँछन् ।

०८९ वैशाख १४ गते यदि कुनै कारणले निर्वाचन गर्न सम्भव नभएको खण्डमा पहिलो चरणमा बैशाख १४ गते र दोस्रो चरणमा  बैशाख २२ गते निर्वाचन गराउन आयोगले सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री देउवाले आयोगको प्रस्तावबारे दलहरुसँग छलफल गरेर मिति तोकिने आयोगलाई आश्वस्त पारेका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारका तर्फबाट स्थानीय तहको चुनावको मितिबारे सरकारबाट कुनै प्रतिक्रिया नआएको बताए । ‘चुनाव गर्न १२० दिन लाग्छ, यसमा दुईचार दिन तलमाथि होला,’ पौडेलले भने ।

निर्वाचनको मिति घोषणा गर्नुअघिका कामहरु आयोग गरिरहेको प्रवक्ता पौडेलले बताए । स्थानीय तहको चुनाव गर्नुपूर्व दिइने तालिम, मतदाता शिक्षा, विभिन्न कार्यविधि आदिमा आयोगले काम गरिरहेको उनको भनाइ छ । यसका साथै, चुनावको मिति घोषणा नहुञ्जेल देशैभरिक मतदाता नामावली संकलन कार्य जारी रहने आयोगले स्पष्ट पारेको छ ।  

आयोगका अर्का एक अधिकारी भन्छन्, ‘चुनावको घोषणा नहुँदासम्म मतदाता नामावली संकलन अभियान जारी रहन्छ । १९ गतेसम्मका लागि तोकिएको दोस्रो चरणको मतदाता नामावली संकलन अभियान अभियानको म्याद पुस २८ गतेसम्म थप गरिनेछ, त्यसपछि सरकारले स्थानीय चुनावको मिति तोक्ला । 

बैखाख १४ गतेलाई स्थानीय चुनावको मिति प्रस्ताव गरिएको जानकारी दिँदै आयोगका ती अधिकारीले जन न्युज नेपाल खबरलाई भने, ‘अहिले पनि १२० दिनभन्दा बढी समय छ, तर एक सय दिनमा पनि चुनाव गर्न सकिन्छ । प्रधानमन्त्रीज्यूले अहिले दलहरु अधिवेशनमा छन्, त्यो सकिएपछि सल्लाह दलहरुबीच गर्छौं भन्नुभएको छ । पुस मसान्तसम्म मतदाता नामावली संकलन गर्न दिने र माघ लागेपछि चुनावको मिति तोकिने सम्भावना छ ।

काठमाडौं उपत्यकाभित्र र ७७ जिल्ला कार्यालयहरुमा ५ जनाका दरले कर्मचारीहरु थपेर २८ गतेसम्म अभियानको म्याद थपिने आयोगका ती अधिकारीले बताए । र, निर्वाचन घोषणा भएपछि मात्रै मतदाता नामावली संकलन रोकिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४