काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट खुलातर्फ १११ जना केन्द्रीय सदस्य छान्दा जम्मा ६ जना महिला मात्रै चयन भएका छन् । आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलातर्फ जम्मा ६ जना महिलाको नाम घोषणा गरेका हुन् ।
माओवादी केन्द्रले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला पुर्याउने निर्णय गरेको छ । समानुपातिक सूचीमा महिलाहरुको नाम पुरूषको तुलनामा बढी भएतापनि खुलातर्फ भने ६ जना महिलालाई मात्रै निर्वाचित गरेको हो ।
अब खुलातर्फ ३४ जना निर्वाचित हुन बाँकी छ ।
