Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी हलबाटै घोषणा गर्ने माओवादीको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १७ २०७८
  • 2.1K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी महाधिवेशन हलबाटै घोषणा गर्ने भएको छ । त्यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गर्नुका साथै निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।  शनिबार साँझ तेस्रो पटक सुचारु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आइतबार १ सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो । 

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यका अनुसार केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस भैसकेका छन् ।  सबै प्रदेशबाट नाम आइसकेपछि केन्द्रीय कमिटी सदस्यको आकार बनिसक्यो,अव निर्वाचनमा जानुपर्ने अवस्था देखिएन’, ती सदस्यले भने, ‘नाम आइसकेपछि अव त्यसलाई प्रक्रिया पुर्‍याएर घोषणा गर्ने मात्र हो ।

केन्द्रीय कमिटीमा सहमति जुटेकाले माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने गरी तयारी गरेको बुझिएको छ । यसअघि हलबाट २९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर केन्द्रीय कमिटीले केही दिनपछि पदाधिकारी चयन गर्ने कि भन्ने माओवादीमा छलफल भएको थियो । तर यति धेरै प्रक्रिया भइसकेपछि हलबाटै पदाधिकारी समेत घोषणा गर्दा राम्रो सन्देश जाने भएकाले सोही अनुसारको तयारीमा शीर्ष नेता लागेको बुझिएको छ । 

केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्दा राम्रो सन्देश जान्छ । त्यसो गर्न केही गृहकार्य गर्नुपर्ने नै हुन्छ । त्यो गृहकार्य गर्न र सहमति जुटाउन भोलिसम्मका लागि बन्दसत्र स्थगित गरिएको हो’, अर्का स्थायी समिति सदस्यले भने, ‘आइतबार बिहान ११ बजेसम्म केन्द्रीय पदाधिकारीका लागि सहमति जुटाउने र १ बजे सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पहिला घोषणा गर्ने त्यसपछि पदाधिकारी घोषणा गर्ने तयारी छ ।

नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ ।  त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था गरेको छ । जसमा खुलातर्फ १४५ जना हुने छन् । भने समानुपातिकतर्फ सबै क्लस्टर मिलाएर १५४ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४