Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेस जस्तो समावेशी कुनै पार्टी छैन : प्रधानमन्त्री देउवा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १७ २०७८
  • 2.2K
    SHARES

काठमाडौँ / प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति  शेरबहादुर देउवाले नेपाली राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको बताएका छन् ।  काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाद्वारा लिखित नेपालीका सपना अधुरै नामक पुस्तक लोकार्पण समारोहमा उनले भने, ‘नेपालको राजनीतिमा महिलाको सहभागिता बढ्दै गएको छ । हामीले राज्यका महत्त्वपूर्ण पदमा महिलाको उपस्थितिको ग्यारेन्टी गर्दै गएका छौँ । अहिले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला हुने व्यवस्थापन छ । सभामुख र उपसभामुख मध्ये पनि एक जना महिला अनिवार्य हुनुपर्ने संविधानमै व्यवस्था गरेका छौँ ।

यस्तै देउवाले काँग्रेसले संविधानको व्यवस्था अनुसार महिला  प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।  ‘हाम्रो पार्टीमा ३३ प्रतिशत  महिलालाई पार्टीको केन्द्रीय कार्यसमिती र तलका तहमा सुनिश्चिता भएको छ, अन्य समुदायको पनि पार्टी नेतृत्वमा प्रतिनिधित्व भएको छ’ उनले भने, ‘नेपालमा काङ्ग्रेसजस्तो समावेशी पार्टी अरु कुनै छैन ।

प्रधानमन्त्री देउवाले पार्टीभित्र र सदनमा नेता संग्रौलालाले सक्रिय भूमिका खेल्ने गरेको भन्दै  प्रशंसा गरेका थिए । प्रधानमन्त्री देउवाले महिलाको हक हितका लागि नेतृ संग्रौलाले भूमिको भन्दै प्रशंसा गरे ।  शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच विमोचन भएको पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरुमा प्रकाशित लेखहरू संलग्नहरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४