Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कठपुतली’लाई दर्शकको साथ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १६ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन राजधानीका मल्टीप्लेक्सहरूमा फिल्मले ८० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको वितरक कम्पनीले जानकारी दिएको छ । शुक्रबारको ओपनिङ सुखद भएपछि काठमाडौंका मल्टीप्लेक्सहरूले शनिबारका लागि फिल्मको शोजमा वृद्धि गरेका छन् ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि १४ शो दिएको थियो । शुक्रबारको व्यापार राम्रो भएपछि शनिबारका लागि २२ शो उपलब्ध गराएको छ । राजधानीका अन्य मेजर मल्टीप्लेक्सहरूले पनि शनिबारलाई शो बढाएका छन् । सिंगल थिएटरमा पनि फिल्म हेर्ने दर्शकको उपस्थिति सुखद रहेको जानकारी छ ।

शुक्रबार राजधानीका विभिन्न हलमा पुग्दा फिल्म हेरेका दर्शकहरूले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । पहिलो पटक स्तरीय नेपाली हरर फिल्म हेर्न पाएको बताउँदै दर्शकहरूले कलाकारको अभिनय, कथावस्तु, निर्देशन, छायांकन, ब्याकग्राउन्ड स्कोर लगायतको प्रशंसा गरेका थिए । हलमा विशेषगरी तन्नेरी पुस्ताहरूको उपस्थिति बाक्लो देखिन्थ्यो ।

फिल्मका निर्माता पृथ्वी राना मगरले चिसोको प्रवाह नगरी फिल्म हेर्न विहानैदेखि हलमा दर्शकको उत्साहजनक उपस्थिति भएको देख्दा खुसी लागेको बताए । उनले भने– ‘फिल्म राम्रो बनेको छ भने दर्शकको साथ पाइन्छ भन्नेमा म विश्वस्त थिएँ । ‘कठपुतली’ ले यो कुरा प्रमाणित गरेको छ । माउथ पब्लिसिटी अत्यन्त बलियो भएकाले शनिबारबाट दर्शकको चाप झन् बढ्नेमा म विश्वस्त छु ।’

भिमसेन थापाले निर्देशन गरेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको छ । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूम खिचेको फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । सम्पदा मल्लले लेखेको फिल्मले राजाहरुको शासन कालको कथा भन्छ । फिल्म हरर जनरामा बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४