रामेछाप / गोकुलगंगा गाउँपालिका वाड नं ५ साबिक नामाडी गा.बि.स. वाड नं ५ खहरे टोलमा श्री ज्ञान बहादुर खडकाको संयोजगत्वमा १५ सदस्य नेपाली कांग्रेसको टोल समिति सर्बसम्मत रुपमा चयन गरिएको छ। उक्त कार्यक्रम वडा कार्यसमितिका सभापति श्री भरत बहादुर खड्काको अध्यक्षता र प्रदेश क रामेछापका सचिब श्री कुलराज सुनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

नेपाली कांग्रेस गोकुलगंगा वडा न. ५ नामाडीको अगुवाईमा साबिकको नामाडी गाउ बिकास समिति वडा न. ५ कार्यसमिति खहरेको टोल समिति गठन गरियो। उक्त कार्यक्रममा नेपाली कांग्रेस गोकुलगंगाका स्थानीय नेताहरु कैलाश सुनुवार बिष्णु खत्री प्रदिप खड्का निरन्जी खड्का हरि ब खड्का लगायत नेताहरुको उपस्थिति रहेको र कार्यक्रम भब्य रुपमा सम्पन्न भएको स्थानीय नेता निरन्जी खड्काले जन न्युज नेपाल खबरलाई जानकारी गराए।
