Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच दिनपछि महतोको परिवारले शव बुझे


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १६ २०७८
  • 3.6K
    SHARES

सर्लाही । सर्लाहीको बयलबासमा ५ दिनअघि प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारले शुक्रबार शव बुझेको छ ।

बुधबार लालबन्दीमा भएको सहमति अनुसार बिहीबार मृतकका परिवार शव बुझ्न मलंगवा पुगे पनि त्यसै फर्किएका थिए । शुक्रबार भने मृतकका परिवारले शव बुझेर परम्पराअनुसार दाहसंस्कार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मृतकका परिवारले जाहेरी दिहेर शव बुझेका हुन् । बयलवास बजारमा गएको मंगलबार दिउँसो ३ बजेदेखि नै निरन्तर निषेधाज्ञा जारी रहएकोमा शुक्रबार परिवारले शव बुझेका हुन् ।

बिहिवार मात्रै बयलवासमा घटनाबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ । समितिलाई दुर्घटनाको सम्वन्धमा सत्य–तथ्य बुझेर अबिलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

गत आइतबार राति ९ बजे ईश्वरपुर नगरपालिका–७, स्थित नगरपालिका कार्यालय नजिकै गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार ३० वर्षीय महतोको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४