Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भ्रष्टाचारको आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १६ २०७८
  • 2K
    SHARES

काठमाडौं । घुस लिएको आरोपमा सर्लाहीको इश्वरपुर नगरपालिका-११ का वडाध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष रामदुलार साह, वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरुद्ध मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा वडा नम्बर ११ स्थित भलुवाइ सडक निर्माण सम्पन्न भएको सिफारिस गरिदिएबापत उपभोक्ता समितिसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । वडाध्यक्ष साहको निर्देशनमा वडा सदस्यद्वय रौनियार र रायले आफ्नो पदीय मर्यादाको ख्याल नगरी घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

  • सामुदायिक वनका तत्कालीन अध्यक्षविरुद्ध पनि मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिनाको आरोपमा इलामको माईनगरपालिका-९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अनुसन्धानको क्रममा थेबेले वन समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई वन समूहको काठ दिने प्रलोभन दिएर ठेकदार तथा स-मिलसँग रकम असुली गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ । यसैगरी थेबेले कोषाध्यक्षको किर्ते हस्ताक्षर गरी रकम निकालेर हिनामिना गरेको पनि आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४