Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिमपातका कारण मनाङ र म्याग्दीमा २ जना बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १५ २०७८
  • 2.3K
    SHARES

पोखरा । मंगलबार साँझदेखि परेको हिमपातका कारण मनाङ र म्याग्दीमा एक/एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा मनाङको नासों गाउँपालिकाका ५२ वर्षीय आच्छ्यु गुरुङ छन् ।

बुधबार साँझ सोही वडाको तप्की लेकमा भेडीगोठ सार्नेबेला हिमपहिरोमा परेका हुन् । ‘बेपत्ताको खोजी कार्य भइरहेको छ । अहिलेसम्म कुनै जानकारी आएको छैन,’ सीडीओ आचार्यले भने ।

त्यस्तै, म्याग्दीमा बिहीबार हिमपातमा परी धवलागिरि गाउँपालिका १, गुर्जाका एकजना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दी सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तका अनुसार बेपत्ता हुनेमा ५० वर्षीय रामबहादुर छन्त्याल छन् ।

उनी पनि भेडीगोठमा गएकोबेला हिमपहिरोमा परी बेपत्ता भएका हुन् । ‘उहाँसँगै अरु ३ जना बेपत्ता भएका थिए । तर, उनीहरु सम्पर्कमा आइसकेका छन् । बेपत्ता छन्त्यालको खोजी कार्य भइरहेको छ,’ सहायक सीडीओ पन्तले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४