Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 3.1K
    SHARES

काठमाडौँ जिल्ला अदालतले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा करिब दुई साता चलेको थुनछेक बहसपछि तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । तामाङसँगै केशवलाल श्रेष्ठ​लाई पनि पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश छ । त्यस्तै बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ । संगित श्रेष्ठलाई भने साधारण तारेखमा रिहा गरिएको छ ।

सिभिल सहकारीको रकम अपचलन गरेको तथा निक्षेपकर्ताको रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो । सिआइबीले सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा जाहेरवाला र प्रतिवादीहरुको वकपत्र सकिएपछि ठीक दुई साताअघिबाट थुनछेक बहस सुरु भएको थियो । 

थुनछेक बहसमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ताहरु सुदीपकुमार दंगाल, प्रेमराज पौडेल, लक्ष्मण उपाध्याय घिमिरे र भीमप्रसाद भूर्तेलले प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्दा निक्षेपकर्तो रकम फिर्ता पाउने सम्भावना कम रहेको भन्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर गरेका थिए । यता प्रतिवादीका तर्फबाट बहसमा उत्रिएका अधिवक्ताहरुले भागेर जाने कहीँ ठाउँ नभएको र अभियोगपत्रमा लगाइएको मुद्दा पनि सही नभएको भन्दै साधारण तारेखमै छाड्नुपर्ने जिकिर गरेका थिए । प्रतिवादीहरुले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याज दिन्छौ, उपहार दिन्छौँ भनी निक्षेप लिएको र समयमा फिर्ता गर्न नसकेको अभियोगपत्रमा उल्लेख छ । सहकारीले भने बमोजिम नगरी झुक्याई बेईमानी नियतपूर्वक, जाहेरवाला गणेश प्रसाद खड्का समेत १ हजार ५०३ जनालाई हानी नोक्सानी पुर्याएको उल्लेख छ । 

प्रतिवादीहरुले निक्षेपकर्ताको रकमको हानी नोक्सानी गरी गैरकानूनी रुपमा अर्थोपार्जन गर्न र निक्षेपकर्तालाई हानी नोक्सानी पुर्याउनका लागि आपराधिक समूह निर्माण गरी सो समूहका सदस्यहरुले रकम जम्मा गर्न लगाई जम्मा भएको रकम साँवा ब्याज फिर्ता गर्छु भनी झुक्याई भने बमोजिम नगरी जम्मा भएको रकम बेइमानीका नियतले सहकारी संस्थाको आडमा जाहेरवालाको रकम खाने पचाउने उद्धेश्य राखी प्रतिवादी मध्येका इच्छाराज तामाङ २०५७ सालदेखि २०६७ साल सम्म सहकारी संस्था लि.को अध्यक्ष रहेको, त्यसपछि हालसम्म अविछिन्न रुपमा प्रमुख सल्लाहकारका पदमा रही काम गरी जाहेरवालालाई भनेको समयमा फिर्ता दिने भनेको रकम नदिई आफै अध्यक्ष भै रहेको अर्को संस्था सिभिल होम्स प्रालि, सिभिल बिजनेश कम्पेक्स प्रालि, सिभिल अपार्टमेन्ट प्रालि आदिमा लगानी गरेको उल्लेख छ । 

त्यसैगरी प्रतिवादीहरुले सहकारी संस्था लिमिटेडबाट निक्षेपको १७५ सम्म ब्याज दिने, ३ वर्ष पुगेपछि २.५ ग्रामको सुनका सिक्का उपहार दिने भनी जाहेरवालालाई निक्षेप रकम जम्मा गर्न लगाई हाल निक्षेप रकम फिर्ता गर्न भनी रकम झिक्न जाँदा भुक्तानी नदिई सुनियोजित रुपमा ठगी गरी रकम पचाउने कार्य गर्न खोजेको उल्लेख छ । 

त्यसैगरी सिभिल सहकारीले ऋण मिनाहा सम्बन्धी विषयमा संस्थाबाट लिएको ऋण भुक्तानी नहुँदै ऋणीको मृत्यु भएमा वा संस्थाले मुनासिब ठानेमा परिस्थिति हेरी तिर्न बाँकी ऋण र ब्याजको भार हेरी राहतस्वरुप लेखा (सुपरिवेक्षण) समिति र ऋण–उप समितिको संयुक्त बैठकको निर्णयअनुसार अधिकतम दश हजार रुपैयाँसम्म ब्याज तथा हर्जना रकम मिनाहा गर्ने व्यवस्था उल्लेख भएकोमा आफै सञ्चालक समितिको अध्यक्ष भएको कम्पनीहरुमध्ये सिभिल होम्स प्रालिलाई प्रवाह गरेको कर्जामा सहकारी संस्था लि.मा ५० लाख, सिभिल अपार्टमेन्ट प्रालि लाई प्रवाह गरेको कर्जामा २५ लाख र सिभिल स्टेट्स प्रालिलाई प्रवाह गरेको कर्जामा २५ लाख मिनाहा गरेको र उक्त कार्य सहकारी ऐन तथा आफ्नै विनियमावली विपरीत रहेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४