Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी एक युवतीमाथि नयाँ बसपार्कमा सामूहिक बलात्कार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 2K
    SHARES

काठमाडौं । काठमाडौं को नयाँ बसपार्कमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीमाथि गत सोमबार र मंगलबार पटक पटक सामूहिक बलात्कार भएको खुलासा भएको हो ।

सुर्खेतबाट काठमाडौं बसपार्क आईपुगेकी युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको र गेष्टहाउसमा लगेपछि आफ्नो साथि हिक्मत नेपाली समेत बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । सो रात दुई जनाले बलात्कार गरेको र भोलिपल्ट अन्य ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर ती युवतीमाथि बलात्कार गरेको प्रहरीको भनाइ छ । बलात्कारमा संलग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीस पक्राउ परेको तथा मुगुका हस्त नेपाली र चन्द्र साउद फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताउनुभयो ।

लामो समयदेखि पति भारतमा बेपत्ता भएपछि काम खोज्न काठमाडौं आएकी दुई सन्तानकी आमा काठमाडौं प्रवेश गर्नासाथ बलात्कारको शिकार भएकी हुन् । बलात्कारको पीडा खप्न नसकेर युवती आफैं गुहार माग्न प्रहरीकहाँ पुगेपछि प्रहरीले बलात्कारीहरुको खोजी गरी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४