Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी महाधिवेशन : आजबाट प्रतिनिधिहरुले सामूहिक छलफलको निष्कर्ष सुनाउने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 1.9K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आजबाट प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने भएका छन् ।

दिउँसो एक बजेदेखि टोली नेताले छलफलको निष्कर्ष सुनाउने कार्यतालिका छ । निष्कर्ष सुनाउन टोली नेतालाई १५ मिनेटको समय दिइएको छ ।

सोमबारदेखि बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमा छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो । प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसमा बसेर प्रतिनिधिहरुले प्रतिवेदनमा छलफल थालेका थिए ।

२५ मध्ये अधिकांश समूहले छलफल सकिसकेको माओवादी केन्द्रको प्रचार प्रसार उपसमितिले जनाएको छ । समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले अध्यक्ष दाहालद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेको माओवादी केन्द्रले जनाएको छ ।

छलफल सक्न बाँकी समूहलाई आज दिउँसो १२ बजेसम्मको समय दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४