Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकासहित देशका अधिकांश स्थानमा हिउँदे वर्षा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १४ २०७८
  • 1.8K
    SHARES

काठामडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गए रातीदेखि वर्षा भइरहको छ । केही दिन यता मौसममा बदली आएकोमा गए रातीदेखि वर्षा हुन थालेको हो ।

आज देशैभर सामान्य देखि पूर्ण बदली रहेको र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षासंगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात शुरु भएको छ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि आज बिहानैबाट वर्षा भइरहेको छ । उपत्यकाका अग्ला पहाडहरु फूल्चोकी र चन्द्रागिरीमा हिमपात भएको छ ।

वर्षा र हिमपातले देशैभर तापक्रम ह्वात्तै घटेको छ भने जाडो बढ्दा जनजीवन कष्टकर बनेको छ । वर्षाका कारण हवाई यातायात पनि प्रभावित भएको छ । मौसमविद्हरुले उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवनमा प्रतिकूल प्रभाव पर्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी पर्वतारोहणमा गएकाहरुले सतर्क बन्नुपर्ने सुझाव दिइएको छ ।

कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रमा गएरातिदेखि हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ ।

कर्णालीमा हिमपात

कर्णालीका अन्य हिमाली जिल्ला मुगु र हुम्लामा पनि केही दिन पहिलेदेखि नै हिमापात भइरहेको छ । हिमपातसँगै अधिकांश ठाउँको टेलिफोन सेवा समेत प्रभावित भएको छ । बिहानैदेखि यी जिल्लाको चहलपहल ठप्प भएको त्यहाँस्थित प्रहरी कार्यालयले जनाएका छन् ।

आकाशे पानीको भरमा खेती गर्ने किसानहरू भने पानी पर्दा खुशी भएका छन् । वर्षाका कारण गहुँ बाली र तरकारी खेतिलाई राहत भएको छ । हिमपातले जनजीवन भने प्रभावित बनाएको छ । उच्च भागमा लगातारको हिमपातले काम ठप्प भएपछि जनजिवन कष्टकर बनेको हो । चिसो अत्यधिक बढेको ठाउँमा विद्यालयहरु बन्द गरिएका छन् । यातायात सेवा प्रभावित भएको छ भने पुशचौपायाको चरनमा समेत समस्या हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४