Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कपाललाई बलियो, राम्रो र लामो बनाउने ६ घरेलु उपाय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 8.4K
    SHARES

काठमाडौं । भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ । लामो, कालो, मुलायम कपाल बनाउने धेरेको चाहना हुन्छ । यही चाहनालाई पुरा गर्नका लागि विभिन्न किसिमका हेयर केमिकलको प्रयोग समेत गर्ने गर्छन् । यस्ता विभिन्न केमिकलको प्रयोगले कपाल बढ्नुको साटो उल्टै झर्ने समस्या थपिन सक्छ ।

धेरै जसो मानिसहरु कपालको समस्यालाई लिएर चिन्तामा हुन्छन् । आज हामी तपाईलाई केही तरीकाहरु भन्नेछौं जसले गर्दा कपाललाई बलियो र राम्रो बनाउँछ । राम्रो देखिन सबै महिला, युवतीहरुलाई मन लाग्छ त्यसैले कपाललाई स्वस्थ राख्न जरुरी मानिन्छ । सन्तुलित खाना, तेलको मालिस, उचित रेखदेख जस्ता कुराहरुले कपाललाई स्वस्थ राख्न सकिन्छ ।

यसरी राख्नुस कपाललाई स्वस्थ :
१. सुख्खा कपाललाई राम्रो र सिल्की बनाउन कन्डिस्नर गर्नुपर्छ । यसको लागि हामो्र घरमा पाइने सामाग्रीहरु प्रयोग गर्न सकिन्छ । जसमा अण्डा को पहेंलो भाग र मह सबैभन्दा उपयुक्त हुन्छ । कपाललाई प्राकृतिक रुपमा सिल्की बनाउनको लागि २,३ अण्डाको पहेंलो भाग र महको को मिश्रण लाई १५/२० मिनेटको लागि लगाउनुस् ।
२. चायाँ पर्नु पनि एउटा ठुलो समस्या हो । जसले टाउको चिलाउने हुन्छ, यसको नियन्त्रणको लागि कागती भिनेगर अमला र मह जस्ता कुराहरुलाई प्रयोग गर्न सकिन्छ ।
३. तेल आउने र चिपचिप हुने कपालको लागि नुहाउनु भन्दा पहिला कपालमा भिनेगर लगाउने जसबाट कपालमा भएको तेल अर्थात चिपचिप हराएर जान्छ ।
४. यदि तपाईको कपाल झरिरहन्छ भने कपालमा प्याजको रस, अदुवाको रस, अंरडीको तेल प्रयोग गर्दा कपाल झर्ने समस्याबाट छुटकरा पाउनु हुनेछ । हप्तामा टाउकोमा दुई तीन पटक प्याजको रस लगाउनाले पनि कपाल झर्न रोकिन्छ ।
५. कपाललाई स्वास्थ राख्नको लागी चिसो पानीले नुहाउनु पर्दछ । सल्फेट फ्री र पीएच सन्तुलित स्याम्फू प्रयोग गर्नुहोस् । फराकिलो दाँत भएको काइयोले कपाल कोर्नुहोस् । भिजेको कपालमा नकोर्नुहोस् ।
६. कपाललाई स्वस्थ बनाउनको लागी सन्तुलित भोजनको सेवन गर्ने प्रोटीनयुक्त, बोसो कम भएका र कम कार्बोहाइड्रेट भएका खानेकुराहरु खाने कपाल स्वास्थ बनाउनको लागी पालुङ्गोको साग, स्याउ, अनार खानुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४