Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैदी फरार प्रकरणमा घोराही कारागारका जेलरसहित सात जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 3.5K
    SHARES

घोराही कारागारका जेलर युवराज परियार


दाङ । कैदी फरार भएको विषयलाई लिएर घोराही कारागारका जेलर युवराज परियार र तीन जना प्रहरीसहित सात जना पक्राउ परेका छन् । जिल्ला अदालत दाङले सोमबार पक्राउ अनुमति जारी गरेपछि जेलर परियारसहित सात जनालाई बेलुकी पक्राउ कारागार प्रशासनले जानकारी दिएको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई मिलोमतोमा फरार गराएको आशंकामा अनुसन्धान गर्नुपर्ने भएपछि जेलर परियार, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, दुई महिला र एक होटल सञ्चालकविरुद्ध जिल्ला अदालतले सोमबार पक्राउ अनुमति जारी गरेको थियो ।

पक्राउ अनुमति जारी गरेलगत्तै उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको घोराही कारागारको जेलरको जिम्मेवारी सम्हालेका अमर वलीले बताए । कैदी परियार उपचारका बहानामा कारागारबाट निस्केर भागेपछि जेलर यमराज परियारलाई जिम्मेवारीबाट पदमुक्त गरेर आइतबार जिल्ला प्रशासन कार्यालय तानिएको थियो । त्यसपछि तुल्सीपुर कारागारका जेलर अमर वलीलाई घोराही खटाइएको थियो । त्यस्तै कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो ।

कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय काटिरहेका राजपुर गाउँपालिका ३ घर भएका २९ बर्षीय यमराज परियारलाई उपचारका लागि अस्पताल लैजाने भनी मिलेमतोमा भगाइएको प्रहरीको निष्कर्ष छ ।

गत बुधबार छालाको उपचारका लागि भन्दै कारागारका नाइके परियारलाई लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर प्रहरी जवान धनबहादुर चौधरी कारागारबाट निस्किएका थिए । तर उनीहरु अस्पताल नगई दुई जना महिलालाई लिएर घोराहीको एक होटलमा पुगेको पाइएको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । त्यही बेला कैदी परियार भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

एसपी काफ्लेका अनुसार कैदी परियार र प्रहरी जवान चौधरी होटलको फरक-फरक कोठामा बसेको र त्यहीबेला कैदी परियारले प्रहरी जवानलाई कोठामा थुनेर भागेका हुन् । सो मोटरसाइकल लमही नगरपालिका-६ बेलदमारको जंगलमा फेला एसपी काफ्लेले बताए ।

परियारको खोजीमा डीएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी टोली खटिएको र घटनाको गम्भीर अनुसन्धान भइरहेको एसपी काफ्लेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४