Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बीबीसी मास्टर सेफ ‘रिम्याच’ को उपाधि सन्तोष साहलाई


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १३ २०७८
  • 2.6K
    SHARES

बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ अन्तर्गतको विधामा सेफ सन्तोष साह विजयी भएका छन्  । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हार पारेका  हुन् । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।

यसपटक सन्तोषले कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न सात प्रकारका तरुवा, तिलौरी बिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकारका विशुद्ध मौलिक नेपाली परिकारहरू पस्केका थिए । आफ्नी आमाले बनाएर खुवाएको खानेकुरालाई नै परिस्कृत गर्दै प्रतियोगितामा सहभागी भएका थिए । करिब पाँच महिना नेपाल बसाइमा क्रममा आफूले बटुलेका नेपाली खानाको अध्ययनको आधारमा यस पटकको प्रतियोगितामा सहभागी भएको सन्तोषले बताए ।  

बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘ ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उनी उपविजेता बनेका थिए । यसअघि पनि निर्णायक मण्डलको मन जित्न सफल सन्तोषले यसपटक मन मात्रै जितेनन् आफूलाई विजयी बनाउन समेत सफल भए । ‘नेपाली खानालाई विश्वमाझ चिनाउने लक्ष्यसहित अघि बढेका सन्तोष यसपटक पाएको सफलताबाट थप उत्साहित बनेका छन् ।

यसअघिको  कार्यक्रममा सन्तोषले फाइनलसम्म पुग्दा अक्टोपस, जिम्बुले मोलेको पोलेको खसीको मासु, रायोको साग, पुदिना पराठा, सांधेको भटमास, क्रिस्पी प्याज, पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा, गंगटाको ‘करी’ टिमुर स्पाइस्ड् अक्ट्पस वीथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार जस्ता मौलिक नेपाली परिकारलाई नेपाली खानाको रुपमा प्रदर्शन गरिसकेका छन् ।

सिराहा जिल्लाको कर्जन्हाबाट दुई दशकअघि १५ वर्षको कलिलो उमेरमै जीविकोपार्जनका लागि भारत हुँदै बेलायत आएका सन्तोषले यहाँ निकै प्रतिष्ठित मानिने भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफको उच्च पोजिसिनमा काम गरे । फ्रेन्च कुजिइनका ‘गडफादर’ मानिने रेमण्ड ब्लांक (ओबिई) र अर्का सेलिब्रेटी सेफ विवेक सिंहसंग पनि उनले काम गरे । भारतीय कुजिनमा करिब दुई दशक बिताएपछि सन्तोषमा नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा चिनाउने भावना लिएर लगातार अघि बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४