Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ए डिभिजन लिगमा जावलाखेलको दोस्रो जित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १२ २०७८
  • 2.9K
    SHARES

काठमाडौं,  । नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकाल्दै जावलाखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा जावलाखेल युथ क्लबले सातादेबाटो क्लबलाई २–० गोल अन्तरले हराउँदै जारी लिगमा दोस्रो जित निकालेको हो ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो ।

जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरे । खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औं मिनेटमा विदेशी खेलाडी निकोलसले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए ।

अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो छाप छाडेको सातदोबाटो खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ । सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ । यसँसँगै जारी लिगमा छैठौं चरणका खेल पनि सकिएका छन् ।

साविक बिजेता मच्छिन्द्रले १४ अंकका साथ तालिकामा शीर्षता कायम गर्दा मनाङ मस्र्याङ्दी फुटबल क्लब १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

६ खेलबाट १२ अंक बनाएको संकटा तालिकाको तेस्रो स्थानमा अटाउँदा आर्मी १० अंकका साथ तालिकाको चौथो स्थानमा छ । लिगमा सातौ चरणका खेल १६ गतेबाट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४