Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसियन सेन्ट्रल जोन भलिबलमा आज नेपालको महिला टोलीले किर्गीतानसँग खेल्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १२ २०७८
  • 3K
    SHARES

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोलीले आज किर्गिस्तानको सामना गर्नेछ । बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज आफ्नो अन्तिम लिग खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

प्रतियोगिताको सुरुवाती चार खेल जित्दै फाइनलमा पुगिसकेको नेपाल आज लगातार पाँचौ जित निकाल्न चाहन्छ । हिजो उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ३–० ले तथा तेस्रो खेलमा बंगलादेशलाई ३–० कै सेटमा हराएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । राउण्ड रोबिन लिगको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४