Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ११ २०७८
  • 7.8K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन् ।

प्रधानन्यायाधीश जबरा, उनका नातेदार, नजिकका न्यायाधीश, कर्मचारी र पेशेवर बिचौलियाको मिलेमतोमा भ्रष्टाचार गरेका समाचारहरु प्रकाशमा आएको र सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिवेदनमा पनि भ्रष्टाचारको विषय उल्लेख भएकाले अनुसन्धान गर्न विभागको ध्यानाकर्षण गराइएको छ ।

उजुरी पत्रमा लेखिएको छ, ‘…हालसम्म प्रकाशित समाचार तथा अन्य सूचना सामग्रीहरुलाई आधार बनाई तथा सो सम्बन्धी उजुरी समेत ग्रहण गरी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारवाही तत्काल प्रारम्भ गरी पाऊँ भनी सम्बन्धित सूचना सामग्री संलग्न गरी ध्यानाकर्षण गराउन चाहन्छौं ।’

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डा लगायतका विवादमा मुछिएपछि उनको बहिर्गमनको प्रमुख माग राख्दै नेपाल बार एशोसिएसनले विगत दुई महिनादेखि आन्दोलन गर्दै आएको छ ।

हेर्नुहोस् उजुरी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४