Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशका केही स्थानमा वर्षा र हिमपातको संभावना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ११ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा वर्षा र हिमपात हुन थालेको छ । यो क्रम यो हप्ताभर रहने र देशका अधिकांश भागमा वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जसका कारण यो साता देशभर मौसम थप चिसो हुने छ । अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको पनि विभागले जनाएको छ ।

साताको मध्यसम्ममा देशका अधिकांशमा स्थानमा मौसम सामान्य तथा पूर्ण बदली हुने र त्यसले अधिकांश स्थानमा वर्षाको संभावना बढाउने पनि विभागको भनाइ छ । साताको सुरुमै उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

साताको मध्य तथा अन्त्यसम्ममा पूर्णतः बदली भएर धेरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । प्रदेश नम्बर १ तथा बागमती प्रदेशमा साताको मध्यसम्ममा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा मेघ गर्जनसहित वर्षा र एक÷दुई स्थानमा असिना पर्ने सम्भावना समेत औंल्याइएको छ ।

यस्तै, तराई क्षेत्रमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णा बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४