Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको सुरक्षा : एसपीको कमाण्डमा ३५० प्रहरी परिचालन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १० २०७८
  • 5.4K
    SHARES

कमाण्ड पोष्टबाट एसएसपीले निगरानी गर्ने

काठमाडौँ । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा भवनमा पुस ११ देखी १५ सम्म चल्ने सम्मेलनको सुरक्षाका लागी महानगरीय प्रहरी परिसर काठमाडौँले एसपी दिनेशराज मैनालीलाई सम्मेलन स्थलमा खटाउने भएको छ । मैनाली बाहेक सम्मेलन स्थलमा ३ जना डिएसपी खटिन्छन् । सम्मेलन सुरक्षाको रिजर्भ टिममा थप ३ जना डिएसपी सहितको फौज स्ट्याडबाई राखिएको छ ।

प्रहरी परिसर काठमाडौँले सम्मेलन स्थलमा ३५० भन्दा बढी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ । सम्मेलन स्थलको सुरक्षा व्यवस्थाको निगरानीका लागी महानगरीय प्रहरी कार्यालयमा कमाण्ड पोष्ट बनाइएको छ ।

सम्मेलनमा एसपीको कमाण्डमा फौज परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले जन न्युज नेपाल खबरलाई बताए । उनले भने–‘समग्र सुरक्षा व्यवस्थाको मोनिटर चाहिँ मैले गर्छु ।’

सम्मेलनस्थलमा महानगरीय प्रहरी वृत कमलपोखरीका डिएसपी मीनबहादुर कुँवर, दरबारमार्गमा डिएसपी विश्वराज खड्का र परिसरका अप्रेसन कमाण्डर (डिएसपी) सुधीर राज शाही सम्मेलन अवधिभर खटिन्छन् ।

माओवादीको सम्मेलनमा १५ सय प्रतिनिधि सहभागी हुँदैछन् । बन्द सत्र प्रज्ञा भवन र कोटेश्वर स्थित पेरिसडाँडामा हुँदैछ । सहभागी सङ्ख्या थोरै भएकाले नेपाली काँग्रेस र नेकपा एमालेको महाधिवेशनमा भन्दा माओवादीको सम्मेलनमा कम सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जन न्युज नेपाल खबरलाई बताए ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्दै छन् । पुस १२ देखी बन्द सत्र सुरु हुनेछ । राष्ट्रिय सम्मेलनमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै छन् । यही सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।

नेकपा माओवादी केन्द्रले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटि भयो भन्ने विषयमा समीक्षा गर्ने जनाएको छ । सो आत्मसमीक्षा आफूबाटै सुरु गर्ने अध्यक्ष प्रचण्डले सार्वजनिक कार्यक्रम मार्फत उद्घोष गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४