Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चार महिनामा झण्डै ६४ करोडको डायपर आयात


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १० २०७८
  • 7.3K
    SHARES

काठमाडौं । नेपाली बालबालिका एवं अशक्त बृद्धबृद्धाका लागि प्रतिमहिना सरदर १५ करोड ९७ लाख १० हजार २५० रुपैयाँको डायपर आयात हुने गरेको छ । भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/०७९ चार महिनाको तथ्याङ्कमा आयातको उक्त अङ्क उल्लेख भएको छ ।

बालबालिका, अशक्त र बृद्धबृद्धाले दिशापिसाब सोस्न वा जम्मा गर्न डायपरको उपयोग पछिल्लो समय निरन्तर बढ्दो छ । आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिना अर्थात गत साउनदेखि कात्तिकसम्म विभिन्न १२ मुलुकबाट ६३ करोड ८८ लाख ४१ हजार मूल्य बराबरका चार करोड ६९ लाख ९० हजार ९९४ थान डायपर आयात भएको हो । सबैभन्दा धेरै भारतबाट ६० करोड ७० लाख १९ हजार १४३ मूल्य बराबरको चार करोड ४६ लाख ६६ हजार ६०४ थान डायपर आयात भएको छ । आयात भएको डायपरको भन्सार मूल्य १३ रुपैयाँ ५९ पैसा हुन आउँछ ।

दोस्रो धेरै आयात हुने मुलुकमा चीनबाट दुई करोड ६३ लाख ५४ हजार ६९ मूल्य बराबरको १९ लाख ३९ हजार २८४ थान डायपर आयात भएको छ । उक्त तथ्याङ्कलाई केलाउँदा नेपालीका लागि प्रतिमहिना एक करोड १७ लाख ४७ हजार ७४८ थान डायपरको आवश्यकता रहेको देखिन्छ ।

तेस्रो डायपर आयात हुने मुलुकमा पाकिस्तान पर्दछ । पाकिस्तानबाट चार महिनाको अवधिमा तीन लाख २८ हजार ६४० थान डायपर ४४ लाख ६६ हजार २१७ रुपैयाँमा आयात भएको छ ।   नेपालले डायपर आयात गर्ने चौथो ठूलो मुलुक थाइल्याण्ड हो । थाइल्याण्डबाट नेपालले ५६ हजार ४०० थान डायपर सात लाख ६६ हजार ४७६ रुपैयाँमा आयात गरेको छ ।

चार महिनाको डायपर आयातबाट राज्यले १८ करोड ७५ लाख ५९ हजार रुपैयाँ भन्सार असुली गरेको छ । आयातको अनुपात हेर्दा नेपालीलाई वर्षभरिमा झण्डै दुइ अर्बको डायपर आवश्यक पर्ने भन्सारका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४