Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायाधीश खड्काको स्पष्टीकरण : मैले जन्ममिति सच्याएको छैन, न्याय परिषदले त्रुटि गरेको हो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिबारे उठेको विवादमा स्पष्टीकरण दिएकी छन् ।

खड्काले सोमबार विज्ञप्ति जारी गर्दै आफूले एउटा मात्र नागरिकता लिएको र आफ्नो जन्ममिति २०१४/२/२ नै भएको बताएकी छन् । आफूले २८ माघ २०३३ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भएपनि सम्पूर्ण शैक्षिक प्रमाणपत्र तथा अरु कागजातमा जम्ममिति २०१४/२/२ नै कायम रहेको समेत उनले बताएकी छन् ।

यद्यपि न्याय परिषद् बुलेटिन प्रकाशित गर्ने क्रममा केही वर्ष त्रुटिबस आफ्नो जन्ममिति २०१३/१०/२८ उल्लेख भएको र परिषद्ले नै त्यो त्रुटि सच्याएको उनले बताएकी छन् । न्यायाधीश खड्काले विज्ञप्तिमा भनेकी छन्, ‘परिषद् आफैंले त्रुटि सच्याई २०७१ देखि २०७८ साल पौष ३ गतेसम्म प्रकाशित न्याय परिषद् बुलेटिनहरुमा मेरो वास्तविक जन्ममिति २०१४/२/२ भनी उल्लेख गरिएकाले मेरो जन्ममिति सम्बन्धमा कुनै प्रकारको संशय वा भ्रम रहनु पर्ने कारण छैन ।’

न्याय परिषद्ले त्रुटिवश आफ्नो वैयक्तिक विवरण फरक लेखिँदा आफ्नो वैयक्तिक चरित्रमा प्रश्न उठाउनु उचित नभएको न्यायाधीश खड्काले बताएकी छन् ।

न्याय परिषदमा राखिएको आफ्नो शैक्षिक प्रमाणपत्रहरुमा आफ्नो जन्ममितिको पूर्ण र यथार्थ विवरण रहेको भन्दै उनले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘मैले जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन र सच्याएको पनि छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४