Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यू-१९ एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोली यस पटक टेष्ट नेशनलाई समेत हराउने लक्ष्यसहित युएई पुगेको छ । प्रशिक्षक बसन्त शाही ठकुरीले युएई जानुअघि टेष्ट नेशनलाई आश्चर्यचकित पार्ने लक्ष्य रहेको बताउँदै नकआउट चरणमा पुग्ने लक्ष्य रहेको बताएका थिए ।

समूह चरणमा नेपालले दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकासँग खेल्ने छ । यस्तै अर्को टिम कुवेत छ ।

प्रशिक्षक ठकुरीले समूहका कुनै टोलीलाई कमजोर नआँक्ने समेत बताएका छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका गुल्शन झासहित घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कप्तान देव, अर्जुन कुमाल, अर्जुन साउद, विवेक यादव लगायत खेलाडी नेपाली टिममा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४