Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्र राष्ट्रिय सम्मेलन : महासचिवका लागि लविङ गर्दै पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को रााष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा पार्टीका प्रभावशाली नेताहरुले अध्यक्ष बाहेकका पदमा आउनका लागि सक्रियता बढाएका छन् ।

अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको बताइरहँदा त्यसपछिको शक्तिशाली पद महासचिवमा धेरै नेताहरुले आकांक्षा राखेका छन् ।

यस्तैमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि महासचिव लागि लविङ गरिरहनुभएको छ ।

अध्यक्ष निकट पनि भएकाले उहाँको सम्भावना पनि बलियो छ । यद्यपि पार्टीभित्र रहेका अन्य नेताहरुले भने उहाँलाई स्वीकार्न गाह्रो मान्ने अवस्था छ ।

पौडेलनिकट स्रोतका अनुसार महासचिवका लागि उहाँले लविङ गरिरहनुभएको र त्यसबाट पछि हट्न परे उपाध्यक्षमा दाबी गर्नुहुनेछ ।

‘उहाँको पहिलो दाबी महासचिवमा रहन्छ,’ स्रोतले भन्यो, ‘महासचिव त्याग्नुपरेमा उपाध्यक्षको स्वतः हकदार हौं ।’

पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका पौडेलको राजनीतिसँगै साहित्यमा पनि रुचि छ । अखिल (क्रान्तिकारी)बाट विद्यार्थी राजनीति सुरू गर्नुभएका उहाँ संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्षसम्म बन्नुभएको थियो ।

२०७१ मा माओवादीको केन्द्रीय सदस्य, २०७२ मा पोलिटव्यूरो सदस्य हुँदै पौडेल २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य बन्नुभएको हो ।

माओवादी जनयुद्धमा सुरूवाती चरणदेखि सहभागी उहाँ २०४२ देखि ०४४ सम्म करिब १८ महिना धनगढी जेल बस्नुभएको थियो । त्यस्तै ६ महिना सदरखोरमा थुनामा पनि पर्नुभएको थियो ।

राजनीति शास्त्रमा स्नाकोत्तर गर्नुभएका पौडेल २०६८ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँको राजनीतिक सल्लाहकार भएर काम गर्नुभएको थियो । भट्टराईले तत्कालीन एकीकृत माओवादीबाट विद्रोह गरि नयाँ शक्ति बनाउँदा उहाँसँगै जानुभएका पौडेल पछि माओवादीमै फर्किएर अध्यक्षनिकट भएर काम गरिरहनुभएको छ ।

पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमार्फत कार्यकारी अधिकार अध्यक्ष र महासचिवलाई हुने भएकाले नेताहरूको आकर्षण महासचिव पद परेको हो । पार्टीका अन्य नेताले पनि यो पदमा आफ्नो दाबी रहने घोषणा गरिसकेका छन् ।

गत साउनमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवको व्यवस्था गरेको छ । तर, विधानतः कार्यकारी अधिकार भने अध्यक्ष र महासचिवलाई मात्र दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४