Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसीकै कारण गठबन्धन टुट्दैन : अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कै कारण गठबन्धन नटुट्ने बताउनुभएको छ ।

सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष दाहालले आफूहरुबीच उच्चस्तरीय सहमति रहेकाले एमसीसीकै कारण गठबन्धन नटुट्ने बताउनुभयो ।

‘प्रधानमन्त्रीले एमसीसीमा सुधारको गुञ्जायस छ भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन, त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’

एमसीसीको सन्दर्भमा छलफल गर्न बुद्धिजिविसँग छलफल गर्नको लागि आफूले प्रधानमन्त्रीलाई प्रस्ताव राखेको अध्यक्ष दाहालले बताउनुभयो ।

‘हिजो मात्रै मेरो प्रधानमन्त्रीजीसँग कुरा भयो, बुद्धिजीवि नागरिकहरूको बैठक बस्ने कि भन्ने थियो, हाम्रो राष्ट्रिय सम्मेलन आइसकेकाले त्यसपछि गर्न सहयोगी भावना देखाउनुभयो,’ उहाँले भन्नुभयो, ‘उहाँले पनि यो विषयलाई बुझ्नु भएको छ र अनावश्यक रूपले प्रेसर आउँछ भन्ने मलाई लाग्दैन ।’

अध्यक्ष दाहालले एमसीसीमा सुधार गर्नुपर्ने पक्षहरु रहेकाले त्यसलाई सच्याएर मात्र अगाडि बढाउन सकिने बताउनुभयो । एमसीसीको बारेमा अध्ययन गर्नको लागि गठबन्धनले कार्यदल बनाएको र त्यसले काम गरिरहेकाले त्यसपछि यसको सन्दर्भमा साझा धारणा बनाउन सकिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४