Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिसो महिनामा किन बढी प्रयोग हुन्छ जाइफल ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 14.3K
    SHARES

काठमाडौं । जाइफल बहुउपयोगी चीज होे । यसको प्रयोग बढीमात्रामा भान्सामा मसलाको रुपमा हुन्छ भने आयुर्वेदिक औषधीका रुपमा पनि यसको प्रयोग गर्ने गरिन्छ । जाइफलको रुख हुन्छ ।

यसको रुख स्याउको रुख जस्तै देखिन्छ भने रुख सदाबहार हरियो हुन्छ । त्यो रुखमा फुल फुलेपछि फल लाग्छ जुन फललाई हामी जाइफल भन्छौ । जाइफलको रुखमा जाइफल गोलो, अण्डाकार डेढइन्च देखि दुइ इन्चसम्मको फल्दछ ।

झट्ट हेर्दा जाइफल सुपारी जस्तो देखिन्छ । जाइफल बासनादार हुन्छ । जाइफलको फाइदा र बेफाइदा पनि छन् । जाडो महिनामा त यसको प्रयोग झन धेरै हुने गर्छ । जाइफलको तेल पनि बनाउने गरिन्छ ।

यस्ता छन् जाइफलका फाइदा

१.जाइफलले शरीरमा ताप उत्पन्न गर्ने भएकाले भान्सामा तरकारी पकाउँदा जाडो मौसममा मसलाको रुपमा यसलाई प्रयोग गरिन्छ । जसले शरीरमा चिसो लाग्नबाट जोगाउँछ ।

२. यसले पाचन प्रणालीलाई स्वस्थ राख्दछ ।

३. जाइफलले मुखको छालासम्बन्धि समस्यालाई निको पार्छ । जाइफलको रस पानीमा मिसाएर कुल्ला गर्दा यसले मुखको छालामा निस्कने समस्यालाई हटाउँछ ।

४.जाइफललाई पिनेर महसँग मिसाएर अनुहारमा लगाउँदा अनुहारको दाग र चाँया हटाएर यसले अनुहारलाई चम्किलो बनाउँछ ।

५.जाइफलको तेलले शरीरलाई मालिस गर्दा छालासम्बन्धि रोगहरु बाट छुट्करा पाउन सकिन्छ । त्यसका साथै हाडजोर्नी र नसासम्बन्धि रोगहरुका लागी पनि यो निकै फाइदाजनक छ ।

६.जाइफलको तेललाई कपासमा भिजाएर दुखेको दातँमा राख्दा यसले दाँत दुख्ने समस्याबाट राहत दिल्छ । जाइफलको प्रयोगले विभिन्न रोगहरु ठिक पार्छ ।

७.हरियो जाइफलको बोक्राकालाई पिनेर त्यसको १/ २ थोपा रसलाई नाकमा हाल्दा माइग्रेनको टाउको दुखाईबाट आराम मिल्छ ।जाइफलको तेललाई तताएर एक दुई थोपा कानमा हाल्दा यसले कान दुख्ने सुनिने रोगलाई निको पार्छ । त्यस्तै यसको तेलले बच्चालाई मालिस गर्दा निकै राम्रो हुन्छ ।

८.निद्रा नलागेमा जाइफललाई घोटेर घ्यु मा मिसाएर परेलामा लगाउँनाले निद्रा छिटै लाग्ने गर्दछ ।.थोरै जाइफल पिनेर तातो घ्यूमा हालेर भातसँग खाँदा शरीर भित्रको चिसो हट्छ ।

जाइफलका बेफाइदाहरु

१. गर्भावस्थामा गर्भवती महिलाले जाइफलको प्रगोग गर्नु हानिकारक हुन्छ ।

२. जाइफललाई अत्याधिक रुपमा प्रयोग गर्दा पेट दुख्ने,रिगंटा लाग्ने समस्याहरु देखा पर्दछ ।

३. जाइफलको सेवन धेरै मात्रामा गर्दा कलेजो सम्बन्धि समस्याहरु पनि देखा पर्दछ ।

४. जाइफलले शरीरमा ताप उत्पन्न गर्ने हुँदा गर्मीको समयमा जाइफलको प्रयोग धेरै गर्नु हुँदैन ।

जाइफल बहुउपयोगी भएपनि यसको प्रयोग जथाभावी गर्नुहुँदैन । नजानेका कुरा विज्ञ वा चिकित्सकसँग सल्लाह गरेर प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४