Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ८ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको मतदान अहिले बिहानदेखि सुरु गरिएको छ । संस्थापन र ईतर पक्षबीचको विवादले उग्र रुप लिएर कुटाकुट भएपछि हिजो स्थगित गरिएको मतदान विहान साढे ९ बजेदेखि सुरु गरिएको हो ।

दिउँसो १ बजेदेखि मतदान गराउने तय गरिएकोमा मतपत्र छाप्ने काम छिटो सकिएपछि साढे ९ बजेदेखि नै मतदान सुरु गराइएको हो ।

जनकपुरस्थित गोपाल धर्मशालामा कडा सुरक्षाबीच मतदान सुरु भएको छ । पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश समितिका लागि १ सय ७४ जनाले उम्मेदवारी दिनु भएको छ ।

प्रदेश २ कांग्रेस सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव र नेता विमलेन्द्र निधि तथा शेखर कोइराला पक्षबाट रामसरोज यादव चुनावी मैदानमा छन् । दुई पक्षबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

हिजो मतदान गर्ने कार्यक्रम रहे पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि मतदान गर्ने कार्यतालिका बनाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४