Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्पदामैत्री घर बनाउँदा काठमाडौं महानगरले ३२ लाखसम्म अनुदान दिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ७ २०७८
  • 6.1K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र सम्पदामैत्री घर बनाउनेलाई ८ लाखदेखि ३२ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ । यसअघि भक्तपुर नगरपालिका लगायत स्थानीय तहले कार्यान्वयनमा ल्याइसकेको यो व्यवस्था लागू गर्न काठमाडौं महानगरले चालु आर्थिक वर्षमा बजेट समेत विनियोजन गरेको महानगरपालिकाले जनाएको छ ।

गत साउन २० गते महानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको काठमाडौं महानगरपालिका सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि, २०७८ ले सम्पदामैत्री भवनलाई चार भागमा विभाजन गरी अनुदानको व्यवस्था गरेको छ । उक्त मापदण्ड अनुसार भवन बनाउन चाहनेहरुले महानगरपालिकामा अनुदानको लागि मागदाबी गर्न सक्ने व्यवस्था गरेको छ । तर अहिलेसम्म कसैले पनि अनुदान माग नगरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

  • कस्तो घर बनाउँदा कति अनुदान ?

परम्परागत घरलाई जस्ताको त्यस्तै राख्ने वा नयाँ घरमा पनि पुरानो मोहडा निकाल्ने गरी दुई किसिमको मापदण्ड तोकिएको छ । कुनैपनि मल्लकालीन वा राणाकालीन घर जस्तो अवस्थामा थियो त्यसैलाई रेट्रोफिटिङ वा मर्मत गरेर जस्ताको त्यस्तै संरक्षण गरिएको घरलाई क वर्गमा राखिएको छ । यस्तो घर संरक्षित स्मारक वा सम्पदा क्षेत्र, मिश्रित एवं पुरानो बस्ती वा त्यसबाहिर निर्माण गर्दा प्रतिवर्गफिट ४,००० को दरमा ३२ लाख रुपैयाँ नबढ्ने गरी अनुदान दिइने महानगरपालिकाको राजपत्रमा उल्लेख छ ।

त्यस्तै, जस्ताको त्यस्तै जीर्णोद्धार गर्न नसकिने घरलाई भत्काएर पुरानै शैली र सामग्रीमा पुनर्निर्माण गर्ने घरलाई थोरैमा १६ लाखदेखि बढीमा २० लाख रुपैयाँसम्म अनुदान दिइने छ । ख वर्गको घर यदि संरक्षित स्मारक वा सम्पदा क्षेत्रमा निर्माण भएको छ भने त्यो घरधनीलाई २० लाख रुपैयाँ र त्यसभन्दा बाहिर बनेको घरलाई १६ लाख रुपैयाँसम्म अनुदान दिने महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, पहिले आधुनिक शैलीमा बनिसकेको घरलाई अघिल्लो मोहडा पुरानो शैलीमा बनाएर स्वरुप परिवर्तन गरिने घरलाई ग वर्गमा राखिएको छ । यो वर्गको घरलाई १६ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्म अनुदानको व्यवस्था गरिएको छ । जसअन्तर्गत संरक्षित स्मारक तथा सम्पदा क्षेत्रभित्र बनेका घरलाई १६ लाख रुपैयाँ, मिश्रित एवं पुरानो बस्ती रहेको क्षेत्रभित्र बनेका घरलाई १४ लाख रुपैयाँ र महानगरभित्रको अन्य ठाउँमा बनाउने घरलाई १२ लाख रुपैयाँसम्म अनुदान दिइने महानगरपालिकाले जनाएको छ ।त्यस्तै, नयाँ घर बनाउँदा नै मोहडा प्राचीन शैलीको बनाएर निर्माण गरिने घरलाई घ वर्गमा राखिएको छ । यो घर सम्पदा वा स्मारक क्षेत्रमा बनाउनेलाई १२ लाख रुपैयाँसम्म अनुदान दिइने छ । मिश्रित तथा पुरानो बस्तीभित्र घर बनाउँदा १० लाख र बाहिरी क्षेत्रमा घर बनाउँदा ८ लाख रुपैयाँसम्म अनुदान दिइने महानगरपालिकाले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।

 

यस्तो अनुदान नक्सा वा डिजाइन स्वीकृत भई अनुदानका लागि छनोट गरिएका भवनको निर्माण कार्य सम्पन्न भएको प्रतिशतको आधारमा समितिबाट फिल्ड निरीक्षण गरी सिफारिस पेश भएपछि पहिलो किस्तामा ५० प्रतिशत र अन्तिम किस्ता निर्माण सम्पन्न भएपछि समितिले फिल्ड निरीक्षण गरेर दिनेछ ।

सम्पदा संरक्षणको सवालमा सधैं आलोचित भइरहने काठमाडौं महानगरको यो नीतिले काठमाडौंको मौलिकता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सम्पदा संरक्षणमा खटिएका अभियान्ता एवं संरक्षणविद्हरुले प्रशंसा गरेका छन् । संम्पदा संरक्षणविद् रविन्द्र पुरी जनप्रतिनिधिहरुको अन्तिम वर्षमा काठमाडौं महानगरपालिकाले सराहनीय काम गरेको बताए । ‘यसअघि नै अरु कतिपय नगरपालिकाले यसको अभ्यास गरिसकेको भएपनि मुलुककै जेठो नगरपालिकाले यसलाई आत्मसात गर्न सकेको थिएन,’ पुरी भन्छन्, ‘सम्पदा संरक्षणमा यो मापदण्ड र अनुदानको व्यवस्थाले महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४