Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा मलाई देख्यो भने ओलीको सातो जान्छ : अध्यक्ष नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ६ २०७८
  • 2.7K
    SHARES

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफूलाई संसदमा देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो जाने गरेको बताउनुभएको छ ।

मंगलबार पार्टीले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूलाई देखेर ओलीको सातो जाने गरेको बताउनुभयो ।

मलाई देख्यो भने केपी ओलीे प्रवत्तिको सातो जान्छ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर पनि संसदमा मेरो उपस्थित अनिवार्य छ ।’

अध्यक्ष नेपालले एमालेले संसदमा अवजरोध गरेर संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगको समेत अपमान गरेको आरोप लगाउनुभयो ।

‘अझै ओली र उनका मान्छेहरूले संसदमा उभिएर संवैधानिक सर्वोच्चता कायम गर भनिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरू आफैँ संविधानको बर्खिलाप जान्छन्, निर्वाचन आयोगको निर्णयको बर्खिलाप जान्छन्, अनि भन्छन्, संविधानिक सर्वोच्चता कायम गर ।’

अध्यक्ष नेपालले ओली सुध्रिने आशमा पिल्सिएर बसेकालाई एकीकृत समाजवादीमा आउन आह्वान गर्नुभयो । ओली नसुध्रिने भएकाले पिल्सिएर नबस्न पनि उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले एमालेले आफूहरुलाई शत्रु घोषणा गरेको भन्दै अनुहारसमेत हेर्न नचाहेको बताउनुभयो । एमालेले छुवाछुतको व्यवहार गरेको भन्दै उहाँले व्यङ्ग्यसमेत गर्नुभयो ।

‘एमालेले हामीलाई शत्रु घोषणा गरेको छ, हाम्रो अनुहार पनि हेर्दिन भनेको छ, तर कस्तो संयोग, नेपाली कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानुपर्यो,’ उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न हुने, अरु ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ।’

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा आउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४