Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा अझै मतगणना जारी,अहिलेसम्म के–के को आयो परिणाम ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ६ २०७८
  • 8.2K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ

अहिलेसम्म सभापतिसहित पदाधिकारी १३ जना,खुला केन्द्रीय सदस्य पुरुष ३५ जना,महिला खुला केन्द्रीय सदस्य ९ जना,पिछडिएको क्षेत्रबाट १जना,अपांङगता भएकाबाट १ जना, अल्पसंख्यकबाट १ जना र प्रदेश २ बाट पुरुष २ जना र महिला १ जना केन्द्रीय सदस्य गरी ६३ पदको नजिता सार्वजनिक भइसकेको छ । सभापतिमा पुनः शेरबहादुर देउवा नै दोहोरिनु भएको छ ।

कांग्रेस १४ औं महाधिवेशन निर्वाचन समितिका अनुसार भोलिसम्म सबै पदको मतगणना सकिनेछ । कांग्रेसमा पदाधिकारीसहित १३४ जना महाधिवेशनबाट निर्वाचनमार्फत चुनिने प्रावधान छ भने सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न सक्ने प्रावधान छ । अहिलेसम्म ६३ पदको नतिजा सार्वजनिक हुँदा अव ७१ पदको परिणामा आउन बाँकी छ ।

अब मत परिणाम सार्वजनिक हुन बाँकी केन्द्रीय सदस्यहरु यस प्रकार रहेका छन्–

प्रदेश २ बाहेक बाँकी प्रदेशबाट १ महिला र २ जना पुरुष गरी ३–३ जना,आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना,दलिततर्फ ४ महिलासहित ९ जना, , मधेशीतर्फ ४ महिलासहित ९ जना, खसआर्यतर्फ ६ महिलासहित १३ जना र थारुतर्फ २ महिलासहित ४ जना सदस्यको मतगणनाको परिणाम आउँन बाँकी छ । कांग्रेस सभापतिको मतगणना काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा भएको थियो । तर अरु बाँकी सबै पदको ललितपुरको सानेपा स्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा भएको हो ।

पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्यको मतगणना शुरु गरिएको थियो । गत हप्ताको सोमबार कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । अहिलेसम्म मतगणना सम्मपन्न भएका पदहरुमा सभापति देउवा पक्षका उम्मेदवारहरुको वर्चस्व रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४