Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री राईले डेढ महिनासम्म पनि केही काम गरेनन्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ५ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश १ सरकार गठन भएको डेढ महिनामा पनि कुनै उल्लेख्य काम हुन सकेको छैन । बजेट पुनरावलोकन, न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद बिस्तार र अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने घोषणा गरेपनि कुनै पनि काम हुन नसकेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि राईले हालसम्म दुई पटक मात्रै मन्त्रिपरिषद्को बैठक राख्नुभएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री भिम आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरू खारेजीको प्रक्रिया सुरु गर्नेलगायतका निर्णयहरु गरेको थियो ।त्यस्तै, दोस्रो बैठकले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय गरेको थियो । तर ती निर्णय हालसम्म कार्यान्वयन हनु सकेका छैनन् ।

मुख्यमन्त्री राईले हालसम्म सरकारको प्रवक्तासमेत तोक्न सक्नुभएको छैन भने बजेट पुनरावलोकनको नाममा योजनाहरूको कामकाज सञ्चालनमा समेत रोक लगाउनुभएको छ । मुख्यमन्त्रीले शपथ ग्रहणपछि तत्काल प्रदेशको नामकरणको प्रक्रिया अघि बढाउने बताए पनि त्यो प्रक्रिया पनि अघि बढेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४