Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलाली हत्याको ‘जिम्मेवारी’ लिएको भेटियो “अडियो “


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 3.4K
    SHARES

प्रहरीले घटनाको अनुसन्धान गरिरहँदा सामाजिक सञ्जालमा एउटा अडियो बाहिरिएको छ, जसमा ‘मनोज’ नामक व्यक्तिले आफू हत्यापछि सीमा पारि रुपैडिया पुगिसकेको बताएको सुनिन्छ।


नेत्र बहादुर कार्की

धनगढी । कैलालीमा भएको २५ वर्षीय युवकको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेका वेला घटनाको ‘जिम्मेवारी’ लिएको एउटा शंकास्पद अडियो बाहिरिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक झण्डै तीन मिनेटको अडियोमा मनोज नाम बताउने व्यक्तिले एक जनाको हत्या गरेको खुलाएका छन् । अडियोमा उनले भनेका छन्, ‘एक/दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ ।

त्यतिकैमा अर्का व्यक्तिले कसको ? भनेर सोधेका छन् । जवाफमा उनले ‘जसको भएनी अलग छ । यति कुरा बुझ, जसमा कहाँ पुगिसकेँ’ भनेका छन् ।

  • घटनामा चिनजानकै व्यक्तिको संलग्नता छ, पहिचान भइसक्यो – विश्व अधिकारी, कैलाली प्रहरी प्रमुख

मनोजले घाँटी अलग, शरीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्तिहरु पनि त्यहीँ भएको आवाज सुनिन्छ । एक जना व्यक्तिले आफू हत्यापछि सीमा पारि रुपैडिया पुगिसकेको र बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि सुनिन्छ ।

कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारी अडियोबारे छानविन गरिरहेको जन न्युज नेपाल खबरलाई बताए । उनले जन न्युज नेपाल खबरसँग भने, ‘यो अनुसन्धानकै क्रममा रहेको विषय हो, यसबारे विस्तृत अनुसन्धानपछि बताउँछौं ।’

प्रहरी स्रोतका अनुसार यो अडियो मृतकको श्रीमतीको मोबाइलबाट बरामद भएको हो । स्रोत भन्छ, ‘कसैले उनलाई पठाएको देखिएको छ, पठाउने व्यक्तिबारे पनि अनुसन्धान भइरहेको छ ।’

जानकी गाउँपालिका–९ को अरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शनिबार साँझ २५ वर्षीय अर्जुन दासको शव भेटिएको थियो । त्यसपछि उनको कपडा खोलेर त्यसैले शवलाई रुखमा बाँधेको पाइएको थियो ।

प्रहरीले यो घटनामा अर्जुनसँगै काम गर्ने व्यक्तिको संलग्नता हुनसक्ने अनुमान गरेको छ । र, हत्यामा कम्तिमा पनि २ जनाभन्दा बढीको संलग्नता हुनसक्ने बताएको छ ।

कैलालीका एसपी अधिकारीले उनको हत्यामा जानकी गाउँपालिकाकै स्थानीय तथा मृतकका चिनजानकै व्यक्तिको संलग्नता देखिएको र शंकास्पदको पहिचान भइसकेको बताए । उनले भने, ‘दासको हत्यामा ४/५ जनाको संलग्नता छ भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ, केहीको पहिचान भइसकेको छ । खोजी कार्य जारी छ ।

अधिकारीका अनुसार हत्यामा लागूऔषध प्रयोगकर्ताको संलग्नता हुनसक्ने देखिएको छ । एसपी अधिकारीले दास हत्या कारण पनि लागुऔषध नै हुनसक्ने आशंका गरिएको बताए । यद्यपि, शंकास्पद व्यक्ति पक्राउ परेपछि मात्रै यसबारे तथ्य सतहमा आउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४