Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हेटौंडाबाट सुरु भयो मोर्डना खोप अभियान, मन्त्री खतिवडाले गरे उद्घाटन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 8.9K
    SHARES

हेटौंडा /  बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो । नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् । मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र संगम खत्री र एक छात्रा विनिताकुमारीलाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु भएको छ ।

आजबाट सुरु भएको खोप अभियान अन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहका विभिन्न विद्यालयमा ५३ हजार विद्यार्थीहरुलाई मोर्डना खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए ।

देशभरका ५७ वटा जिल्लामा आजबाट खोप अभियान सुरु भएको मन्त्री खतिवडाले जानकारी दिए । मकवानपुर मन्त्री खतिवडाको गृह जिल्ला पनि हो भने उनी सोही स्कुलमा अध्ययन गरेका थिए । देशभरको केन्द्रविन्दु बनाएर हेटौंडाको भुटनदेवी स्कुलबाट खोप अभियान सुरु गरिएको र केही दिनभित्रै देशका ७७ वटै जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । 

मन्त्री खतिवडाले हाल कोरोना विरुद्धको खोप प्रयाप्त रहेको भएपनि खोप लगाउन मानिस नआउने गरेको गुनासो गरे । उनले सबै ठाउँका विद्यालयमा पुगेर सबै विद्यार्थीहरुलाई स्वास्थ्यकर्मीहरुले खोप लगाउने भएकाले निश्चिन्त भएर खोप अभियानमा सहभागी हुन र आफ्ना अभिभावकहरूलाई खोप लगाउन बाध्य पार्ने परिस्थिति सृजना गर्न समेत आग्रह गरे ।

खोपले कसैलाई हानी गर्दैन । आफूलाई सुरक्षित राख्न खोप लगाउने हो । हामीसँग प्रयाप्त मात्रामा खोप छ । कुनै पनि ठाउँमा खोप अभाव छैन । तर, खोप लगाउन मान्छे नै आउँदैनन् । सबै स्कुल स्कुलमा हामीले खोप कार्यक्रम पु¥याउने संयन्त्र तयार पारेका छौ । तपाईहरु ढुक्क भएर खोप लगाउनुस् र घरमा गएर आफ्ना आफन्तहरूलाई जसरी पनि खोप लगाउन वातावरण बनाएर सरकारलाई सहयोग गर्नुहोला ।’ उनले भने ।

उनले मकवानपुरका ९० प्रतिशतभन्दा बढी नागरिकहरुलाई खोप लगाउने वातावरण बनाउन प्रमुख जिल्ला अधिकारी र सम्बन्धित स्वास्थ्य इकाइहरुलाई निर्देशन समेत दिए । उनले विगतलाई स्मरण गर्दै भुटनदेवी स्कुलले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र व्यवस्था परिवर्तनका आन्दोलन तथा शिक्षक र विद्यार्थीहरुको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले देशभर नै सो स्कुलको चर्चा हुने गरेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशका २ लाख बढी बालबालिकालाई कोरोना विरूद्धको मोर्डना खोप लगाउन सुरु गरिएको बताए । उनका अनुसार आजबाट बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान शुरू भएको र अन्य जिल्लामा पनि छिटै नै खोप अभियान सुरु गरिनेछ । सबै जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले विद्यार्थीहरुलाई खोप लगाउने उनले बताए ।

#vaccine

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४