Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दलीय सहमतिबिना एमसीसी पास हुँदैन : सहमहामन्त्री परियार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 3K
    SHARES

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको सहमति बिना पास हुन नसक्ने बताएका छन् । सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी नेपालका लगि ऋण नभइ अनुदान भएकाले सबै दलको सहमतिमा पास गर्नुपर्ने बताएका हुन् ।

 एमसीसी सम्झौता गर्दाका बखत केही बुँदा नेपाल हित विपरित समावेश भएका भए त्यसलाई हटाएर अघि बढाउनुपर्ने उनको भनाइ छ । परियारले एमसीसीका कारण पाँच दलीय गठबन्धन नटुट्ने बताए । ‘पाँच दल बीचको गठबन्धन टुट्ने कुनै सम्भावना छैन, आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने वा नरहनेबारे पार्टीमा छलफल भएको छैन’ उनले भने, ‘आगामी निर्वाचनमा तालमेलका वारेमा पार्टीभित्र छलफल गरेर टुंगो लगाइनेछ, दलहरुबीच सबै ठाउँमा तालमेल नभएपनि केही ठाउँमा भने हुनसक्छ ।’ 

सहमहामन्त्री परियारले पार्टीको महाधिवेशन सकिने चरणमा रहेकाले समिति पूर्ण बनेपछि आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताए । उनले महाधिवेशनले पार्टीमा निकै उत्साह थपेको बताउँदै आगामी निर्वाचनमा नेपाली काँग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे । 

आगामी निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल हुने नहुने विषयमा पार्टीभित्र छलफल हुने उनले बताए । परियारले महाधिवेशन मार्फत आएका परिवर्तनका कुराहरुलाई संस्थागत गरेर पार्टी अघि बढ्ने बताउँदै  अब, पार्टीभित्र विचारको सैद्धान्तिक बहस गर्न आवश्यक रहेको बताए । 

नेपाली कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले अबको ध्यान पार्टीको संगठन र स्थानीय तहको चुनावमा केन्द्रीत हुने बताए । उनले पार्टी कार्यालय प्रविधिमैत्री बनाउनेबारे पनि छलफल भइरहेको बताए । अध्यक्ष बरालले पार्टीको संगठन बलियो बनाउन आफ्नो टिमको सम्पूर्ण ध्यान केन्द्रित हुने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४