Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेस खुलातर्फ दोस्रो दिनको मतगणना सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ४ २०७८
  • 2.5K
    SHARES

नेपाली काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ । खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । आजदेखि बाँकी मतगणना हुनेछ । मतगणनाअनुसार शशांक कोइरालाको सबैभन्दा धेरै मत रहेको छ ।

  • काँग्रेसको खुला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा कसले कति मत प्राप्त गरे ? 

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को आज  २३९३ मत गनेर सकिएको छ ।  खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शशांक कोइरालाले  १९७१ मत प्राप्त गरेका छन् । उनी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहको गरि तीनवटै प्यानलमा थिए । त्यस्तै एनपी साउदले १५५८ मत प्राप्त गरेका छन् भने उदयशम्शेर राणाले १४४५ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्जुननरसिंह केसीले १३८३ मत प्राप्त गरेका छन् भने बालकृष्ण खाणले १५०७ मत प्राप्त गरेका छन् । त्यस्तै रमेश लेखकले १४५१ मत प्राप्त गरेका छन् भने रामहरि खतिवडाले १३९५ मत प्राप्त गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १०ः ३० बजेदेखि खुला केन्द्रीय सदस्यतर्फको मतगणना सुरु भएको थियो । काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । बाँकी मत आइतबार गणना हुने जनाइएको छ ।

कसले कति मत पाए ? तलको सूची हेर्नुहोस् :

२३९३ मत गन्दा को-को परे ३५ मा ?

१) डा.शशांक कोइराला-१९७१
२) एनपी साउद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बल बहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४