Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५ सयभन्दा बढी मत गणना हुँदा देउवा प्यानलका २५ जना ३५ नम्बरमा, बाँकी कोइराला समूहका को–को ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३ २०७८
  • 3.5K
    SHARES

नेपाली काँग्रेस खुला केन्द्रीय सदस्यमा १५८९ मत गणना हुँदा शेरबहादुर देउवा प्यानल अगाडि देखिएको छ । ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २५ जनाले स्थान बनाएका छन् ।  देउवा प्यानलबाट उम्मेदवार बनेका दुईजना कृष्णप्रसाद सिटौला निकट नेता पनि  ३५ नम्बरभित्र छन् ।  

एनपी साउद, बालकृष्ण खाण, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, उदयशमशेर राणा, रामहरि खतिवडा, जिपछिरिङ लामा, गोपालमान श्रेष्ठ, गोविन्द भट्टराई, जितजंग बस्नेत, नैनसिंह महर, सुनील थापा, पद्मनारायण चौधरी, मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, वीरेन्द्र कुमार कनौडिया, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य गरि २५ जना देउवा प्यानलका उम्मेदवार ३५ नम्बरभित्रै मत ल्याउन सफल भएका छन् ।

 बाँकी १० जना शेखर कोइराला प्यानलका  केन्द्रीय सदस्यका उम्मेदवारले ३५ नम्बरमा स्थान बनाएका छन् ।  कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत,बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना ३५ नम्बरभित्र मत ल्याउन सफल भएका छन् । १३१३ मत ल्याएर पहिलो नम्बरमा मत ल्याएका शशांक कोइराला भने देउवा, शेखर र प्रकाशमान सिंह प्यानलका साझा उम्मेदवार थिए । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मत गणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४