Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यागमन विभागको आदेशमाथि सीसीएमसीको हस्तक्षेप ६७ देशबाट “नेपाल यात्रा गर्नेमाथि सीसीएमसीले निर्णय गर्ने”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३ २०७८
  • 7.4K
    SHARES

कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले अध्यागमन विभागले गरेको निर्णयमाथि हस्तक्षेप गरेको छ । सीसीएमसीको क्षेत्राधिकार रहेको विषयमा अध्यागमन विभागले गरेको निर्णय तत्काल रोकिएको छ । शुक्रबार विभागले एक विज्ञप्ति जारी गर्दै कोभिड ओमिक्रोनको खतरा रहेका ६७ देशबाट यात्रा गर्नेलाई आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा र अर्को ७ दिन होम क्वारेन्टिनमा बस्न आदेश दिएको थियो

​स्वास्थ्य मन्त्रालयबाट पाएको विवरणका आधारमा विभागले निकालेको देशहरूको सूचीबारे विदेशमा रहेका नेपालीहरूले असन्तुष्टि जनाएका थिए  । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले सीसीएमसीको तर्फबाट सूचीमा राखेका देशहरूको बारेमा थप छलफल गर्नुपर्ने बताएका कारण सो आदेश तत्कालका लागि रोकिएको बताए । 

उनले भने–‘यसबारे पछि सीसीएमसीले अर्को सूचना प्रकाशन गर्ने अहिलेका लागि हामीले जारी गरेको सूचना स्थगित भएको छ ।’यता सीसीएमसी स्रोतले अध्यागमन विभागले कुन छलफलबाट, कुन तहको निर्णयबाट सो सूचना जारी ग¥यो त्यसको आधार केही नभएको बतायो । 

अध्यागमन विभागले भने गत मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय र स्वास्थ्य मन्त्रालयले दिएको विवरणका आधारमा सो सूचना जारी गरेको बताएको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न ९ वटा देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । त्यसबारे पनि विभागले यसअघि नै सूचना जारी गरेको थियो । 

विभागमा महानिर्देशक भट्टराईले भने–‘मन्त्रिपरिषदको निर्णयमा हरेक १५ दिनमा ओमिक्रोमको सङ्क्रमणको जोखिमलाई विश्लेषण गर्ने, सोही आधारमा स्वास्थ्य मन्त्रालयले अध्यागमन विभागलाई ‘ट्राभल एडभाइजरी’ जारी गर्नलाई विवरण पठाउने भन्ने थियो । सोही अनुसार हामीलाई ६७ देशहरूको लिष्ट स्वास्थ्य मन्त्रालयबाट आयो । त्यो लिष्टका आधारमा हामीले सूचना जारी गरेका हौँ । यो बारेमा सर्वसाधारणको प्रतिक्रिया आएपछि सीसीएमसीको ध्यानाकर्षण भयो । यसबारेमा स्वास्थ्य मन्त्रालयसँगै बसेर यो कति जरुरी हो भन्ने विषयमा छलफल गर्छौँ त्यतिन्जेलका लागि रोकिदिनुस भन्ने कुरा सीसीएमसीबाट आइसकेपछि हामीले रोकेका हौँ ।उनले अध्यागमन विभाग आफैले यसबारे निर्णय नगरेको बताए । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय र अध्यागमन विभागलाई दिएको जिम्मेवारीका आधारमा स्वास्थ्य मन्त्रालयले निकालेको सूचनाका आधारमा विज्ञप्ति निकालेको बताए । सीसीएमसीले त्यसबारे थप छलफल गर्न आवश्यक देखियो भनेपछि केही दिनका लागि रोकिएको भट्टराईले बताए । 

सोमबार सीसीएमसीले यसबारे बैठक बस्ने र त्यसपछि मात्रै कुन कुन देशबाट आउने यात्रीमाथि कस्तो खालको मापदण्ड अपनाउने भन्ने बारेमा निर्णय गरिने भएको छ । 

भट्टराईले भने–‘सोमबार बस्ने सीसीएमसीको बैठकले यसलाई सदर गर्ने वा परिमार्जन गर्ने हुनसक्छ । हामी सीसीएमसीको सदस्य पनि हैनौं, उहाँहरुले निकालेको निष्कर्ष अनुसार हामीले सूचना जारी गरिदिने हो ।’

विभागले अफ्रिकी देशहरूमा फेला परेको कोभिड १९ ओमिक्रोनको नयाँ भेरियन्ट बिस्तारै युरोपेली र एसियाली देशहरूमा फैलिँदै गरेको र मन्त्रिपरिषद्को निर्णय अनुसार जोखिमयुक्त देशहरूबाट यात्रा गर्नेहरूमाथि ७ दिन होटल क्वारेन्टिन र ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने आदेशको सूचना जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४