Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनकुटाका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३ २०७८
  • 9.3K
    SHARES

धनकुटा । जिल्लाको धनकुटा नगरपालिका–३ सिप्तिङ्ग गाउँ यतिबेला सुन्तला पाकेर पयलपुर देखिन्छ । यहाँका किसानलाई बारीको सुन्तला टिपेर बिक्री गर्न यतिबेला भ्याइनभ्याइ छ । गतिलो आम्दानी हुने भएपछि सबै स्थानीय अहिले अन्य खेतीको साटो सुन्तला खेतीमा आकर्षित हुन थालेका छन् । सिप्तिङ्गका २२ वर्षीय जलन राईले पनि केही वर्ष यता सुन्तला खेती गर्दै आएका छन् ।

करिब २५ रोपनी क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट उनको परिवारले वार्षिक १५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । आम्दानी र उत्पादन राम्रो भएकै कारण यहाँका कृषक सुन्तला खेतीमै रमाउन थालेका हुन् ।

धनकुटा नगरपालिका–३ मा रहेका ५ सय ५ घर परिवारमध्ये करिब ७५ प्रतिशत घर परिवार सुन्तला खेतीमा संलग्न छन् । उनीहरूमध्ये धेरैको मुख्य आम्दानीको स्रोतनै सुन्तला हो । तर, पछिल्लो समय सुन्तला उत्पादक कृषक बजार, विचौलिया, रोगकिराको कारण समस्यामा पर्ने गरेका छन् । कहिले उपयुक्त मुल्य नपाउनु, कहिले बजार नपाउनु त कहिले रोगकीराले बगाननै सखाप बनाइ दिँदा कृषक समस्यामा पर्ने गरेको कृषक रेशकुमार राईको गुनासो छ ।

यहाँका सुन्तला अन्य ठाउँको सुन्तला भन्दा रसिलो हुने भएकाले यहाँका सुन्तलाको तराईका जिल्लामा माग बढ्दै गएको छ । सुन्तला टिप्ने र डोकोको माध्यमबाट सडकसम्म पुर्‍याउनु पर्दा यहाँका सुन्तला कृषक मारमा पर्ने गरेका छन् । यहाँ बाहेक धनकुटा नगरपालिकाकै अन्य क्षेत्र सहित सहिदभुमी गाँउपालिका, पाख्रिवास नगरपालिका र चौबिसे गाउँपालिकामा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र धनकुटाकाले जिल्लामा झण्डै ६ सय हेक्टर क्षेत्रफलवाट वार्षिक ५ हजार मेट्रिकटन भन्दा बढि सुन्तला उत्पादन हुने जनाएको छ ।

यहाँ उत्पादन भएको सुन्तला सुनसरी, मोरङ्ग, झापा सहित काठमाडौंसम्म पुग्ने गरेको छ । स्थानीय सरकारले पनि यसरी सुन्तला उत्पादन हुने क्षेत्रलाई पकेट एरिया घोषणा गरी यो खेतीलाई प्रभावकारी बनाउन सहयोग गरे धनकुटा सुन्तला खेतीमा आत्मर्निभर बन्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४