३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।
पार्टीका अन्य सबै पदाधिकारीको मतगणना शुक्रबार नै सम्पन्न भइसकेको छ । अन्य कलस्टरका केन्द्रीय सदस्यको मत गणना पनि सकिएको छ ।
सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए ।
