Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“माइतीघर र पराइघर , दुवै एउटै हो भिन्न होइन”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ३ २०७८
  • 7.7K
    SHARES

काठमाडौं  । रुन्न भनेर कतिचोटि सम्हालेँ तर विवाह हुँदै गर्दा आफूलाई सम्हाल्न सकिनँ, रोएँ । आजभन्दा तीन वर्षअघि जन्मघरबाट बिदाबारी भएर म कर्मघर गएकी हुँ । राम्रो भए श्रीमान् बुबाआमापछिको अभिभावक हुन्, नराम्रो भए त घर नरकै हुन्छ । तर मेरो हकमा श्रीमान् अभिभावक नै हुनुभयो ।

विवाह आफैँमा दुई व्यक्तिबीचमा हुने सम्झौता भएकाले पनि रमाइलोसँगै चुनौती पनि थपिन्छ । प्रेमपछि मागेर विवाह गरेको भएपनि त्यो बेलाको भाव नै अर्कै खालको हुँदो रहेछ । जिन्दगीको आधा समय आमा बाबाको काखमा बिताएँ, अब सब पराइ हुन्छन् । थाहा छ यो सत्य होइन भनेर तर पनि कताकता यस्ता कुराले छुँदो रहेछ । पहिलैबाट चिनेको बुझेको भएपनि प्रेमीबाट श्रीमानमा परिणत हुँदा फरक हुन्छ कि, अहिले पाइराखेको जीवन बेग्लै पो हुन्छ कि, आफूले योजना बनाएको जस्तो हुँदैन कि भन्ने डर विवाह गर्दा आउँदो रहेछ । श्रीमानको घर सिन्धुली उहाँको बुबाआमा उतै बस्ने भएकाले म सिन्धुलीकै घरमा भित्रिएँ । नयाँ ठाउँ, नयाँ मान्छेसँग जोडिएको सम्बन्ध आफैँमा कस्तो हुने हो भन्ने कुतुहलता थियो । तर ३ वर्ष पूरा भइसक्दा पनि श्रीमान्को अटुट सहयोग पाइरहेकी छु ।

त्यसको केही दिनमै दुल्हन फर्काउन आफ्नो घर गएँ । सधैंं क्याजुअल पहिरनमा बस्ने घरेको घरमा त्यतिबेला पुग्दा सिन्दुर चुरा, पोते, टीका सारीमा सजिएकी थिएँ । त्यतिबेला मलाई एकदमै लाज लागेर आयो । आफ्नै घरमा आउन पनि चालचलन मानेर आउनुपर्ने भयो भनेर मनमा दुःख पनि लाग्यो । विवाहपछि पनि कहिलै पनि नरमाइलो महसुस गर्नु परेको त छैन । तर पनि माइतको एकदमै याद आइरहन्छ । स्कुलबाट फर्किँदा झोला फालेर भाइ अनि मैले आमासँग खाजा मागेको, आमाले अबेलासम्म पढ्दा तातो पानी ल्यादिएको, बाबा, आमा र भाइसँग सानोमा दशैंमा मामाघर टीका लगाउन गएको, क्याम्पसबाट होस् या सुटिङबाट फर्कंदा आमा भोक लाग्यो, थकाइ लाग्यो भनेको जस्ता कुरा सम्झँदा भावुक हुने गर्छु । बाबुआमाको मायामा भाइ र ममा खासै फरक छैन । हामीले बराबर माया अनि स्याहार पायौं । हुर्काउनेदेखि जुनसुकै कुरामा पनि छोराछोरीबीच बाबुआमाले कुनै कुरामा विभेद गर्नुभएन । बाबाआमाले हामीलाई साथी बनेर हुर्काउनुभयो । आज म जुन ठाउँमा छु त्यो सबै बाबाआमाले गर्दा भएको हो ।

दुवै घर एउटै हो । जन्मघर र कर्मघर भनेर छुट्टयाउने हो । राम्रोसँग व्यवहार मिलाउन सके जन्मघरको जस्तै माया कर्मघरमा पनि भेट्न सकिन्छ

म कलाकारिता गर्छुभन्दा उहाँहरूले ममाथि विश्वास गर्नुभयो । अरुले त यो ग्यालमरको क्षेत्र हो, यसमा सुरक्षा हुँदैन महिलालाई भनेर भन्थे । तर उहाँहरूले मलाई बुझनुभयो । त्यसैले म आज यो ठाउँमा छु । त्यही विश्वास र माया श्रीमान्बाट पनि पाएकी छु ।
बालापनमा भाइसँग लडेको, झगडा गरेको, रिसाएको सम्झिंदा अहिले आफैँलाई लाज लागेर आउँछ । त्यही झगडाले अहिले भाइप्रति झनै बढी माया बढेर गएको छ । भाइ अध्ययनको लागि विदेशमा छ, आमाबाबा काठमाडौंमै हुनुहुन्छ । अहिले पनि माइत जाँदा मलाई बालापनको महसुस हुन्छ ।

कामको सिलसिलामा बाहिर जाँदा बाहेक म अहिले पनि समयसमयमा माइत गइरहन्छु । बाबा आमा र भाइसँग कुराकानी भइरहन्छ । भेट्न जान भ्याइनँ भने पनि फोनमा कुराकानी गर्ने गर्छु । विवाह अगाडिको जीवन र पछिको जीवन केही न केही फरक हुँदो रहेछ । प्रेमिका हुँदा सानो केही नजाने बच्चा जस्तो हुन पनि पाइन्थ्यो । तर बिहेपछि आफैँ व्यावहारिक बन्दै गइँदो रहेछ । अहिले हामी श्रीमानश्रीमती  दुईजना मात्र बस्छौ । त्यसैले श्रीमानलाई बच्चालाई जस्तै ख्याल गर्न पनि आउँदो रहेछ । मेरो हो मैले ख्याल गर्नुपर्छ भनेर व्यवहार मिलाउन पनि आउँदो रहेछ । प्रेमिका हुँदा उहाँले मेरो धेरै ख्याल गर्नुहुन्थ्यो, अहिले मैले उनको ख्याल गर्ने गरेकी छु । छोरी, बुहारी अनि श्रीमतीको भूमिका निभाउन पाउँदा अहिले त आफैँलाई खुसी लाग्दो रहेछ । हाम्रो समाजमा माइती घर पराइ घर भनेर जुन परिभाषा गरिन्छ यो मलाई मन पर्दैन । त्यो सही हो भन्ने पनि लाग्दैन । दुवै घर एउटै हो । जन्मघर र कर्मघर भनेर छुट्टयाउने हो । राम्रोसँग व्यवहार मिलाउन सके जन्मघरको जस्तै माया कर्मघरमा पनि भेट्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४